काठमाडौं । नेपाल लोकतान्त्रि फोरमका अध्यक्ष विजयकुमार गच्छदारले ठूला दलका नेताले आफुले गरेको योगदानलाई नसम्झिएको भन्दै गुनासो गरेका छन् ।

मंगलबार व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुँदा काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवारमा समर्थन गर्दै गच्छदारले आफु २०२७ साल देखि नेपाली राजनीतिमा होमिएको र थुप्रै परिवर्तनका आन्दोलनमा सहभागि भएको भन्दै आफ्नो योगदान नसम्झिएको गुनासो गरेका हुन् ।

उनले भने, ‘म २०२७ सालमा विद्यार्थी राजनीति गर्दा ताका नै जेल परे । त्यहाँबाट सुरु भएको मेरो राजनीतिक यात्र संविधान निर्माण र संविधान कार्यान्वयनसम्म आइपुग्दा निकै धेरै राजनीतिक अनुभव भएका छन् । अहिले ठूला दलका नेताले जति दम्म राख्छन् त्यतिकै दम्म राख्ने हैसियत म पनि राख्छु ।’

राजनीतिक दलहरुले जनतासँग गरेका बाचा पटक–पटक भुल्ने गरेको बताउँदै गच्छदारले संविधान जारी गर्दा र १६ बुँदे समझदारी गर्दा मैले खेलेको भूमिकाको कदर भएन, भने । माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका गच्छदारले प्रमुख विपक्षी दलका नेता केपी ओली प्रति लक्षित गर्दै विपक्षी दलका ठूला नेताले एक पटक नाम सम्म उच्चारण गर्नु भएन ।

उनले भने, ‘उहाँसँगै सरकारमा पनि बसे । मैले मेरो प्रशंसा गर्नुस् भनेको होइन । तर, झलनाथ खनालले संविधान जारी हुँदा विजय तिमिले महत्वपूर्ण काम गरेकोमा धन्यवाद भन्नु भएको थियो ।’ यस्तै, मैले यो सदनमा भन्ने पर्छ अहिले राष्ट्रपति रहनु भएकी विद्यादेवी भण्डारीले निकै विनम्रताका साथ संविधान जारी हुने दिने तपाई जानै पर्छ । जुन हाउसले तपाईलाई पाँच मिनेटसम्म तालि बजाएर स्वागत गर्ने छ, भन्नु भएको थियो । तर, अहिले खै, ठूला नेताहरुबाट त्यो व्यवहार ? गच्चदारले सोधे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah