माघीपर्वको अवसरमा कैलालीका पालिकाले आ–आफ्नै तवरले बिदा दिएका छन् । कैलालीका केही पालिकाले दुई त केही पालिकाले तीन दिन बिदाको निर्णय गरेका छन् ।

कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिकाले दुई दिन अर्थात् १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् भने कैलारी र जोशीपुर गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेका छन् । सरकारले यसअघि नै माघ १ गते सार्वजनिक बिदा दिएको निर्णय सार्वजनिक गरिसकेका बेला यहाँका केही पालिकाले थप एक वा दुई दिन बिदाको निर्णय गरेका हुन् । कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले २ गतेसम्म बिदा दिएको छ । कैलालीको कैलारी र जोशीपुर गाउँपालिकाले भने तीन दिन दिन बिदा दिएको छ । कैलारी गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले जानकारी दिए ।

यता जोशीपुर गाउँपालिकाले भने १, २ र ४ गते बिदा दिएको गाउँपालिकाका अधयक्ष रामकृष्ण चौधरीले जानकारी दिए । कैलालीका केही पालिकामा थारू बाहुल्यता भएको क्षेत्र भएकाले थारू समुदायले माघीमा तीन दिन बिदा दिनुपर्ने माग गरेका थिए । “एक दिन बिदा पर्याप्त भएन भनी माग गरेपछि हामीले थप दुई दिन बिदा दिने निर्णय गरेका हौँ”, जोशीपुर गाउँपालिकाका अध्यक्ष चौधरीले भने, “माघीमा थारू समुदायमा महत्वपूर्ण निर्णय, नयाँ कामको योजना बन्ने भएकाले हामीले बिदा थपेका हौँ ।”

थारू समुदायमा माघीको अवसरमा गाउँमा बडघर भल्मन्सा छनोट गर्ने, गाउँमा अर्को वर्ष गरिने कार्यको वार्षिक योजना बनाउने काम हुन्छ । यसका साथै समुदायका समस्याबारे छलफलसमेत हुने भएकाले यो पर्व महत्वपूर्ण रहेको टीकापुरका छेदुलाल चौधरीले बताए । “यो समयमा घर छुट्टिनेहरुको भागबण्डासमेत हुने चलन छ”, चौधरीले भने, “यो पर्वसँग धार्मिक, पारिवारिक र सामाजिक महत्व जोडिएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah