दमक/काम गर्ने र दुख गर्ने एउटा तर जनतालाइ भ्रम छर्ने अर्को यो स्थानीय तहको निर्वाचनमा देखिन शुरु गरेको छ । झापाको दमकमा मात्र नभएर अन्यत्र पनि यस्तो देखिन थालेको छ ।

झापाको अर्जुनधारा नगरपालिकामा एउटा पीच सडक नगरपालिका, संसद बिकास कोष र स्थानीय जनसहभागिता गरेर ८० लाखमा बन्दै गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जून सडकलाइ अहिले राजनीतिक दल तथा त्यसका उम्मेदवारले आफूले गरेको भन्दै मतदाता प्रभावित गर्ने काम गरिरहेको बताइएको छ । मीलनचोक कालिस्थान धाइजन सडकमा राजनीति शुरु भएको हो ।

स्थानीय एक उपभोक्ताका अनुसार भइरहेको नियमित कामलाइ आफूले गरेको भन्दै लाज पचाएर भोट माग्ने काम भएको छ ।