काठमाण्डौ - हिमाली क्षेत्रका समुदायले आज तोल ल्होसार पर्व मनाउँदै छन् ।

हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङलगायत हिमाली भेगमा तोल ल्होसार पर्व मनाउने गरिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसारको रुपमा मानिन्छ । तोलको अर्थ समयचक्र भन्ने हुन्छ ।

पुस शुक्ल प्रतिपदाको दिनमा मनाइने यो पर्वमा आँगन लिपपोत गरी चोखो बनाएर पूजाआजा गरी मान्यजनबाट आशीर्वाद लिने र बाबरी रोटी, फुरौला, कन्दमूल आदि प्रसादका रुपमा खाने चलन छ ।