खान्न खान्न लोकाचार खान थाले मानाचार’ यो उखान पछील्लो समय फिल्म निर्माता तथा कलाकार श्वेता खड्काको जीवनमा चरितार्थ भएको छ । यही मंसिर २२गते भब्य समारोहका विच दोश्रो विवाह गरेकी श्वेताको विवाह भोज भने डेढ महिना बितीसक्दा समेत रोकिने छाट्काट देखिएको छैन ।मेहेन्दी, हल्दी, संगीत लगायतको भारतीय सस्कार पछ्याउदै गरिएको उन्को विवाहको भोज गनेर नै थाकिने भईयो । विवाह लगत्तैका २परिवारको फरक फरक भोज त ठिकै छ । तर उनी भतेर खुवाउन रोकिने मुड मा देखिएकी नै छैनन । हिजो पुन: पत्रकार तथा कलाकारका माझ विवाहको ३८औ दिनमा समेत भब्य भोज आयोजना गरियो ।
विवाहको केही दिन अघी मात्रै संचार माध्यम मार्फत विवाह गर्ने योजना नै नरहेको बताउने खड्काले गरेको अहिलेको ब्यवहार हेर्दा लाग्छ उन्को विवाह कुनै अचानक गरिएको निर्णय नभएर लामो समय अघीबाट पाकेको खिचडी हो ।
विवाहको आसपास दोश्रो विवाहको समाचार लेख्ने पत्रकारलाई धम्क्याउन समेत् भ्याएकी श्वेताले अझै कती दिन भोज खुवाउने हुन ? यो त कि उनलाई थाहा छ कि त उनका ब्यवसायिक घरानाका नयाँ पतीलाई ।खैर ! वैवाहिक जीवन सुखमय बितोस ।










