काठमाडौं। काँग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा बन्ने मन्त्रीमण्डलमा नेपाली काँग्रेसबाट ३ जनाले सहभागिता जनाउने भएका छन्। काँग्रेसबाट उपप्रधानमन्त्री सहित ३ जना मन्त्री बन्ने भएका हुन्। काँग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री हुने भएका हुन्। काँग्रेसबाट अर्थमन्त्री ज्ञानेन्द्र कार्की हुने भएका हुन्। तराई मधेशबाट मुस्लिम नेता फरमुल्लाह मन्सुर पनि मन्त्री बन्ने भएको प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने मन्त्रीमण्डल विस्तारमा असन्तुष्ट रहेका छन्। आफ्नो खेमाबाट अर्थमन्त्री सहित मन्त्रालय पाउनुपर्ने माग गरेका पौडेलले सो नपाउने भएपछि असन्तुष्ट रहेको बताइएको छ। पौडेल पक्षले देउवाले मन्त्री बन्नेहरुको नामावली एकलौटी ढंगले ल्याएको भन्दै निर्णय प्रक्रियाको विरोध जनाएका छन्। पौडेल पक्षले प्रधानमन्त्री र मन्त्रीहरुको सपथमा सहभागिता जनाउने नजनाउने भन्नेमा बारेमा छलफल गरिरहेका छन्। यसअघी देउवाले सपथ ग्रहणसंगै सानो आकारको मन्त्रीमण्डल बनाउने बारेमा काँग्रेसका केहि निकट नेताहरु छलफल गरेका थिए भने विश्वासपात्र केहि नेताहरुसँग मन्त्रीको लिष्ट वनाउने गृहकार्य गरेका छन्।
दिउँसो १:४५ बजे सपथ ग्रहण लिनुअघि देउवाले आफ्नो पार्टी र सत्ता सहयात्रा गर्ने पार्टीका नेताहरुको लिष्ट बनाएका थिए।देउवा निवास बुढानीलकण्ठमा देउवालाई उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले सघाएका थिए। त्यसैगरी निधिसंगै देउवा पत्नी एवं सांसद आरजू देउवा पनि सक्रिय थिइन् ।
दुवै जनालाई समय समयमा पार्टी मुख्य सचिव कृष्ण पौडेलले सघाएका थिए । देउवा र निधिले सत्ता सहयात्रा गर्ने दलका नेताहरुलाई फोन गरेरै सरकारमा सहभागी हुनेको नामसमेत टिपेका थिए। देउवाले आफूसंगै काँग्रेस र माओवादी केन्द्रबाट ३–३ जना तथा फोरम लोकतान्त्रिक र राप्रपाबाटसमेत मन्त्रीपरिषदमा सहभागी गराउने सोच बनाएका छन् ।



