चाणक्य वा कौटिल्य लगभग इसा पूर्व ३७० – २८३ तक्षशिलाका आचार्य मानिन्छन् । दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार उनी नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए।
उनी राजनीति र कूटनीतिका ज्ञाता हुन् । उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका छन् । अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ। मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो।
विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ।भनिन्छ कि सफलता तथा असफलताको बीचमा यस्तो बिन्दु हुन्छ, जब तपाई न धेरै बढी सफल हुन सक्नुहुन्छ, न त धेरै असफल नै ।त्यसो त सबै व्यक्ति सफल हुन चाहन्छन् । तर हामीमध्ये धेरै व्यक्ति यो सोच्दैनन् कि असफलताको कारण आफूमै हुन्छ । आचार्य चाणक्यले चाणक्य नीतिमा यस्ता धेरै कुरा उल्लेख गरेका छन्, जसलाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ ।
हेर्नुस् उत्कृष्ट उनले बोलेका ५ गुणहरु
१. खुलापन
के विषयलाई खुलापन भन्ने ? खुलापनको अर्थ हो कि व्यक्तिले सधैं आफ्नो कान, आँखा र दिमाग सधैं खुला राख्नु हो । जो व्यक्ति आफ्नो आसपास भइरहेका घटनाप्रति सचेत रहन्छ, त्यो व्यक्ति कहिल्यै असफल हुँदैन ।
२. ज्ञान
आचार्य चाणक्य आफ्नो नीतिमा भन्छन् कि ज्ञानको अर्थ, विषयको जानकारी सुचना दिनु हो । त्यो किताब पढेर मात्रै पाइदैन । राम्रो–नराम्रो कुरालाई पहिचान गर्न सक्ने, जीवनप्रति सकरात्मक सोच राख्ने व्यक्ति जीवनमा हार खानु पर्दैन ।
३. धन सञ्चित
चाणक्यले धनको बारेमा पनि बताएका छन् । चाणक्य भन्छन् कि, व्यक्तिले कहिल्यै पनि सबै धन व्यय (खर्च) गर्नु हुँदैन । जस्तोसुकै व्यक्तिको पनि नराम्रो समय आउन सक्छ । यसकारण नराम्रो समयको सामना गर्न सबै व्यक्तिले धन सञ्चित गरेर राख्नुपर्ने आचार्य चाणक्यको भनाइ छ । धन सञ्चित गरेर राख्ने व्यक्तिले कहिल्यै अरुको सामु हात फैलाउनु पर्दैन् ।
४. आत्मविश्वास
दोस्रो व्यक्ति तबमात्रै तपाईमाथि विश्वास गर्छ, जब तपाईले आफैंमाथि विश्वास गर्नुहुन्छ । जो व्यक्ति आत्मविश्वासका साथ जिउँछन्, उनीहरुले जस्तोसुकै नराम्रो समयको पनि सामना गर्न सक्छन् । यस्ता व्यक्ति असफल भएपनि सफल हुने हिम्मत राख्छन्, र हुन्छन् पनि ।
५. मेहनती
‘मेहनत गर्ने सबै मानिस सफल हुन्छन् नै भन्ने हुँदैन’ भनेर हामी सबैले भन्ने गर्छौं । तर यो पनि वास्तविकता हो कि, मेहनत नगरी प्राप्त गरेको कुनै पनि उपलब्धी दिगो हुँदैन ।
मेहनत जीवनको सुन्दरता हो । यसैले मानव जीवन अघि बढेको छ । चाणक्य पनि भन्छन् कि, सफलता प्राप्तिका लागि मेहनतको विकल्प हुँदैन । र, मेहनत गर्ने व्यक्ति पक्कै सफल हुन्छन् ।



