काठमाडौँ, २४ जेठ – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताएका छन् ।
समसामयिक राजनीतिक विषयमा प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको अन्तरसंवादमा उनले तोकिएको समयमा सबै तहको शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन गर्न सक्नुपर्ने बताए ।

सरकारको नीति व्यवहार र कामका आधारमा एमालेको समर्थन र विरोधको नीति रहने नेपालले दोहोर्याए । भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनःमतदान गराउने निर्णय उचित नभए पनि सर्वोच्च अदालतले यस सम्बन्धमा उपयुक्त निकास दिने बिश्वास उनले राखे । नेता नेपालले भने– “नयाँ सरकारले एमालेलाई पन्छ्याएर सर्वस्वीकार्यताको नाममा संविधान संशोधनको प्रयास र स्थानीय तहको सङ्ख्या पुनरावलोन गरिए आफ्नो पार्टीलाई यो मान्य हुँदैन ।”

देशभक्तिको भावनालाई केन्द्रमा राखेर सुशासन, विकास र समृद्धिका काममा सबैलाई समेटेर जान नवनिर्वाचित प्रधानमन्त्रीलाई मौका रहेको भन्दै त्यसैका आधारमा उनको मुल्यांकन हुने उनले बताए ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा तराई–मधेसमा पनि एमाले पहिलो शक्ति हुने दाबी नेपालको थियो । उनले भने “कम्युनिष्ट पार्टी हुर्केकै तराईमा हो, हाम्रो पार्टीका अधिकांश महाधिवेशन पनि तराई– मधेसमा नै भएका छन, त्यसैले त्यहाँ हाम्रो प्रभाव राम्रो रहनेछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah