काठमाडौं । तपाईलाई रामायणका सबै पात्रको नाम त थाहा नै होला । तर तपाईलाई रामायणमा रहेका यी ५ पात्रहरु महाभारतमा पनि थिए भन्ने कुरा सायदै थाहा छैन होला ।
को-को थिए त ति ५ पात्र ? हाज हामी तपाईलाई त्यसकै बारेमा जानकारी दिनेछौँ ।
१. हनुमान रामायणका प्रमुख पात्र हनुमान महाभारतको समयमा महाबली भीमसँग पाण्डव बनवास गएको बेला मिलेका थिए । उनीहरु दुबै पवन पुत्र भएकोले दाजुभाईको रुपमा लिने गरिन्छ ।
२. परशुराम त्यो बेला सबैभन्दा ज्ञानी कहलिएका परशुरामलाई कसले चिन्दैन र ? ति महापुरुष परशुराम नै थिए जसले २१ पटकसम्म क्षत्रियहरुलाई पृथ्वीबाट नाश गरेका थिए ।रामायणमा उनको वर्णनभगवान श्रीरामले देवी सीताको स्वयंवरमा शिव धनुष तोडिसकेपछि आउने गर्दछ ।त्यस्तै महाभारतमा उनको वर्णन भीष्मको गुरु रहेको र उनी भीष्मसँग एक भीषण युद्ध लडेको व्याख्या गरिन्छ । साथै परशुरामले महाभारतमा कर्णलाई पनि ज्ञान दिएका थिए ।
३.जाम्बवन्त जाम्बवन्तको वर्णन रामायणमा श्रीरामको विशेष सहयोगीका रुपमा गरिएको छ ।उनी जाम्बवन्त नै थिए जसले राम सेतु निर्माणमा प्रमुख भूमिका निभाएका थिए । त्यस्तै महाभारतमा पनि जाम्बवन्तले भगवान श्रीकृष्णसँग युद्ध गरेका थिए ।
४. मयासुर यो कुरा सायदैलाई थाहा छ कि,रावणका शसुरा तथा मन्दोदरीका पिता मयासुर एक ठूला ज्योतिषी तथा वास्तुशास्त्रका ज्ञाता थिए ।त्यस्तै ति मयासुर नै थिए जसले युधिष्ठिरका लागि सभाभवनको निर्माण गरेका थिए । उनी त्यसबेला मयसभाको नामबाट प्रसिद्ध थिए ।उक्त सभामा नै वैभव देखेर दुर्योधन पाण्डवहरुसँग ईष्र्या गर्न थालेको थियो । त्यहि कारण नै महाभारतको युद्ध भएको थियो ।
५. महर्षि दुर्वासा हिन्दूधर्मावलम्बीका महान ऋषि महर्षि दुर्वासा रामायणकालमा एक ठूला भविष्यवक्ताको नामबाट प्रसिद्ध थिए ।उनले नै राजा दशरथलाई रघुवंशको राज बताएका थिए । त्यस्तै महाभारतकालमा पनि पाण्डवको निर्वासनका बेला महर्षि दुर्वासा द्रौपदीको परिक्षा लिन आएका थिए ।उनले द्रौपदीको परिक्षाका लागि आफ्ना १० हजार शिष्यहरु लिएर कुटिमा पुगेका थिए ।



