बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा घरभित्रै एक नाबालिकाको आतातयि, बर्बर र बिभत्स रुपमा हत्या भएको छ । बिद्यालयबाट घर फर्केकी उनको हिजो साँझ करिब ५ बजे हत्या भएको र प्रहरीलाइ ७ बजेतिर खबर भएको बताईएको छ ।

झापाको दमक वडा नं. २ साविक ४ मा बस्ने हेमकर्ण दाहालकी ९ बर्षिया छोरी गंगा दाहालको धारिलो हतियार प्रयोगबाट बिभत्स हत्या भएको होृ । हत्या भएकी बालिका कक्षा २ पढ्दै थिइन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुका अनुसार घरभित्र कोठामा नै टाँउको, कन्चट लगायतका शरिरका भागमा धारिलो हतियार प्रयोग भएका्े देखिएको छ ।

बालिकाको बुबा काम बिशेसले बाहिर गएको अवस्था र घरमा मृतककी दिदि मात्र रहेको जनाइएको छ । आमा बजार गएको र आएपछि घटनादेखेर प्रहरीलाइ खबर गरेको बताइन्छ ।

प्रहरीले घटनामा संलग्न रहेको आँशकामा ३ जनालाइ पक्राउ गरेको र अनुसन्धान भइरहेको डिएसपी लिम्बुले बताएकाछन् ।
लिम्बुले आज दिनभरमा घटनाको रहस्य सार्वजनिक हुने बताए । एक नाबालिकाको घरमा नै यसरी बिभत्स हत्या हुँदा आफूहरु पनि आश्चर्यमा परेको उनले जनाए ।

अहिले हत्याले पुरै गाँउ नै शोकाकुल संगै आक्रोशित रहेको छ । नाबालिकाको यसरी बिभत्स हत्या पछि के रहस्य होला ? सबैलाइ यसले पोलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah