निवर्तमान प्रधानन्यायाधीश सुशिला कार्कीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाको फोन उठाउन आवश्यक नभएको बताएकी छन् । कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा दुवै जनाले दबाव दिन फोन गरेको बताइन् ।

भनिन्, ‘मैले फोन उठाउन जरुरी थिएन । सायद, नवराज सिलवालको मुद्दाबारे कुरा गर्न खोजेको हुनुपर्छ ।’ प्रधानमन्त्री दाहालको फोन नउठाएपछि वर्षमान पुनः दुई पटक घरमै भेट्न आएको उनले बताइन् ।

‘मैले वर्षमानजीलाई भेटिन । बरु, मेरो श्रीमानलाई भेट्न भने । कुरा सुन्दा प्रचण्डलाई भेट्नुपर्छ भन्नुभएको थियो’, उनले भनिन् ।

नेताहरुको कुनै दबाव नसुन्ने भएकैले महाअभियोग लगाइएको हुनसक्ने उनको अनुमान छ । शुरुबाटै सरकारी वकिलबाटै ठूलो असहयोग भएको बताइन् ।

जनतालाई कुरा राख्न चाहेकी थिएँ भन्दै उनले आफूविरुद्ध लागेको महाअभियोग र भ्रष्टाचारीलाई जोगाउन दिइने दबावबारे समेत उनले बताइन् ।

उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लोकमानसिंह कार्कीको मुद्दा स्थगित गर्न दिएको दबावबारे समेत खुलाशा गरिन् । कार्कीले भनिन्, ‘प्रचण्ड भारतबाट फर्किनासाथ भेट्न आउनुभयो र लोकमानसिंह कार्कीविरुद्धको मुद्दा स्थगित गरिदिनुपर्छ भन्नुभयो ।’

‘लोकमानको मुद्दा फेरि ब्युताउनुभएछ यसले मलाई अप्ठ्यारो पर्यो । ६/७ सात महिना रोकिदिनुपर्छ भनेर प्रचण्डले भन्नुभयो’, कार्कीले भनिन् । तर, आफू प्रधानमन्त्रीको दबावमा नपरेको बताइन् ।

सर्वोच्च अदालत कुनै दबावमा नपर्ने बताइन् । सरकारले किन आफूलाई महाअभियोग लगायो भन्नेबारे आश्चार्यमा परेको कार्कीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah