काठमाण्डु – लेखक नारायण वाग्लेले पुष्पकमल दाहाल प्रचण्डलाई आन्दोलन नगर्न आग्रह गरेका छन् ।आज काठमाण्डुमा आयोजित प्रचण्ड–नेपाल पक्षको प्रेस संगठन नेपालको राष्ट्रिय भेलामा बोल्दै लेखक वाग्लेले केही दिनअगाडि मांसाहारी आन्दोलनको आवश्यकता परेको बताएका प्रचण्डतिर संकेत गर्दै वाग्लेले द्वन्द्वको घाउ अझै बाँकी रहेकाले त्यसो नगर्न आग्रह गरेका हुन् ।‘कमरेड प्रचण्डज्यूले भन्नुभयो, मांसाहारी आन्दोलन चाहियो । हिजोका द्वन्द्वको घाउ बाँकी नै छ । यसो गर्नुभयो भने नागरिकको साथ पाउनुहुन्न,’ उनले भने ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा र काठमाण्डुका मेयर विद्या सुन्दर शाक्यले कमलपोखरीमा डोजर चलाएको समेत बताए ।‘प्रधानमन्त्रीले दिउँसै संसदमा डोजर चलाए, तपाईंहरूकै मेयरले राति कमलपोखरीमा डोजर चलाए,’ वाग्लेले भने ।वाग्लेले प्रतिनिधिसभा पुनर्स्थापना नभई संविधानको रक्षा नहुने भन्दै संसद पुर्नस्थापना हुने पनि दाबी गरे ।
प्रचण्डलाई लेखक वाग्लेले भनेः आन्दोलन गर्नुभयो भने जनताले साथ दिँदैनन्
सवालनेपालसंवाददातामंगलबार, ५ माघ २०७७

प्रचण्डलाई लेखक वाग्लेले भनेः आन्दोलन गर्नुभयो भने जनताले साथ दिँदैनन्
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



