नेपालमा काँग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नेपालका प्रधानमन्त्री लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि भारतीय मिडियाहरुले निक्कै महत्वका साथ यो विषयलाई उचालिरहेका छन् ।
मानौं देउवा नेपाली हैनन् भारतीय हुन् जस्तो उनीहरुको तर्क छ । भारतीय सञ्चार माध्यममले नेपालमा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकाेमा प्रसन्नता व्यक्त गर्दै भकाभक समाचार र सम्पादकीयहरू प्रकाशित गरिहेका छन् ।
उनि नेपालका ४० अाैं तथा गणतन्त्र नेपालका नवाैं प्रधानमन्त्री बनेकाे छन् । भारतीय टीभी, अालार्इन र पत्रपत्रिकाहरूमा देउवा नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेको र प्रमुख विपक्षी एमालेलेससहित कुनै पनि दलले उम्मेदवारी नदिएको उल्लेख छ ।
समाचारमा काँग्रेस–माओवादी सहमतिअनुसार प्रचण्डले राजीनामा दिएपछि देउवा प्रधानमन्त्री निर्वाचित भएको र उनी भारतको समर्थक रहेको हेडलाइनमै प्रष्ट उल्लेख छ ।
यसअघि नवनिर्वाचित प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मगलबार साँझ नै टेलिफोन गरेर बधाइ दिएका छन् ।प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर भारत नेपाललाई पूर्ण रुपमा सहयोग गर्न तयार भएको प्रतिवद्धता जनाएका थिए ।
देउवाका स्वकीय सचिव भानु देउवाले देउवाको भनाइ उद्धृत गर्दै भने, बधाइ दिनुभएकोमा धन्यवाद, विगतमा पनि भारतबाट सहयोग रहँदै आएको छ र दुई देशको आपसी हीत हुने गरी काम गर्नेछु ।










