नेकपा एमालेले लामो रस्साकस्सीपछि मेचीनगर र विर्तामोड नगरपालिकाको मेयर पदको उम्मेद्वार टुङ्गो लगाएको छ ।

उच्च स्रोतका अनुसार मेचीनगरको मेयरमा प्रभावशाली नेता विष्णु प्रसाई र विर्तामोडको मेयरमा ध्रुव शिवाकोटीलाई एमालेले उम्मेद्वार बनाउने बुधवार निधो भएको छ ।

आकांक्षीहरुविचको तानातान मिलाउन नसकेर जिल्ला हुँदै प्रदेश कमिटीमा अल्झिरहेको यी दुई नगरको उम्मेद्वार विवाद अन्ततः केन्द्रको समेत संलग्नतामा टुङ्गिएको छ ।

मेचीनगरमा मेयरको टिकट पाएका नेता विष्णु प्रसाई पुराना, त्यागी, जुझारु र जनपक्षीय नेता मानिन्छन् । उनी पञ्चायतकालमै जनपक्षीय उम्मेद्वार बनेर तत्कालीन धाइजन गाउँ पञ्चायतको वडाध्यक्ष र प्रधानपञ्च भइसकेका थिए ।

बहुदलीय प्रजातान्त्रिक व्यवस्था आएपछि झापा जिल्ला विकास समितिको उपसभापति पद जितेका उनी पार्टी विभाजनपछि उपसभापति पद त्यागेर क्षेत्र नं. १ बाट सांसद पदमा चुनाव लडेका थिए । सांसद चुनावमा भने उनी पराजित भए ।

पार्टीभित्र पदमा नरहँदा समेत प्रभावशाली हैसियतमा रहँदै आएका कडा र प्रस्ट स्वभावका उनी केपी ओली लाइनका हुन् । मेयरको टिकटका लागि उनलाई माधव नेपाल लाइनका गोपाल बुढाथोकीले कडा टक्कर दिएका थिए । विर्तामोडमा मेयर पदका टिकट पाएका शिवाकोटी अनारमनी गाविसका पूर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah