काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन खासै चासो नदिएको पाइएको छ । देउवाको समर्थनमा यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा राप्रपालाई राम्रो हैसियतमा राख्दाराख्दै पनि बिचमै सरकारलाई असहयोग गरि राप्रपा अध्यक्ष कमल थापासहितको टिम बाहिरिएपछि देउवाले सो पार्टीलाई सरकारमा सहभागी गराउन एनकेन गरेको स्रोत बताउंछ ।

उसो त राप्रपा सरकारमा सहभागी हुन उपप्रधानमन्त्रीसहित चार मन्त्रालय मागेको बताइन्छ । राप्रपाले दलीय आकारअनुसारको प्रतिनिधित्व र हैसियत नपाए सरकारमा सहभागी नहुने चेतावनी दिएको समेत बताइन्छ । तर, कांग्रेसले उपप्रधानमन्त्री दिन नसकिने भन्दै आएको छ । यसले देउवा राप्रपा प्रति कठोर बनेको देखाउंछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्रोतका अनुसार देउवाले माने उपप्रधानमन्त्रीमा आफू सहितको दिपक बोहोरा लगायतको टोली लिएर जान कमल थापा हतारमा छन् । सत्ता बिना एकैछिननै अड्डिन नसक्ने देउवाले थापालाई कति विश्वासमा राख्छन् त्यो हेर्न बांकी छ ।