काठमाडौं, २५ जेठ । जेठ २४ गते अमेरिकाले विशेष विमानबाट ७ नेपालीलाई फर्काइदियो । यसरी मान्छे बोकेर आफै ल्याउने र फर्काएर जाने काम भएको यो पहिलो हो । अवैध मार्गबाट अमेरिका छिरेका ७ नेपालीलाई ७ महिना अघि पक्राउ गरेर यतिबेला फर्काइयो । कानुनतः फर्काउने प्रक्रिया छ, फर्काएकोमा कुनै टिप्पणी छैन ।
टिप्पणी गर्नुपर्ने विषय के हो भने ७ नेपालीलाई अमेरिकाले जहाजै चार्टर गरेर किन ल्यायो ? चार्टर गरेर ७ नेपालीमात्र ल्यायो कि विमानमा अरु थोक पनि ल्यायो । स्रोत भन्छ– मान्छे ल्यायो, अध्यागमनलाई बुझायो । प्लेनबाट ७० पोका अनलोड गरियो र अमेरिकी दूतावासका विशेष व्यक्तिहरुले आफ्नै गाडीमा हालेर लगे । के थिए ती पोकाहरुमा ? स्मरणीय छ, अमेरिकी दूतावास दक्षिण एसियाको सबैभन्दा ठूलो दूतावास हो, जुन नेपालमा छ ।
कुनै दिन सूर्यबहादुर थापा प्रधानमन्त्री थिए र रुसले ८४ बाकस एयरपोर्टमा अनलोड गरेर स्वाट्टै दूतावास लग्यो । के थिए ती ८४ बाकसमा आजसम्म रहस्य नै छ । अर्को रहस्यपूर्ण पोका अमेरिकाले भित्र्यायो ।
यस सम्बन्धमा चीनको दूतावास सशंकित भएको छ । सशंकित हुनुको कारण तिब्बती शरणार्थीका लागि विद्रोह गर्ने मसला, असला र हतियार त होइन ? भन्ने रहेछ ।



