प्रधानमन्त्री शेरबहादुर देउवाले असार १४ गते हुने दोस्रो चरणको स्थानीय चुनाव सफल पार्न युवा जोश देखाएर सहभागी हुन कार्यकर्तालाइ निर्देशन दिएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा भातृ संगठन नेपाल विद्यार्थी संघले गरेको स्थानीय निर्वाचन परिचालन अभिमुखीकरण कार्यक्रममा बोल्दै देउवाले यस्तो निर्देशन दिएका हुन् ।

‘चुनावलाई सफल बनाउन तपाईंहरुले युथ फोर्सको तागत देखाउनुपर्छ ’ देउवाले भने । ‘माघ महनाभित्रमा अझ दुई वटा निर्वाचन गराउनुपर्ने चुनौतीपूर्ण अवस्था छ । यस्तो चुनौतीलाई सामना गर्न तपाईंहरु प्रतिबद्ध भएर लाग्नुपर्छ,’ देउवाले भने, ‘यो कांग्रेसका लागि चुनौती हो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको चुनावमा उम्मेदवार छनोटको क्रममा नेतृत्व तहबाट मनोमानिल्य हुन सक्ने भएकाले त्यसतर्फ सजग रहन कार्यकर्तालाई निर्देशन दिए ।

एउटा पदका लागि धेरै आकांक्षीहरु हुनाले उम्मेदवारमा छनोट नहुनेहरु असन्तुष्ट हुनु स्वभाविक भएको बताउँदै अहिले नपाए पनि भोलिको लागि योग्य छु भन्ने भावनाका साथ अघि बढ्न उहाँले कार्यकर्तार्ला अनुरोध गरे ।

‘तपाँइहरु भोलिको नेता हो । आज राम्रो काम गर्नुहोस् भोलि निश्चित छ,’ पौडेलले भने ।