दक्षिण कोरियाको कार निर्माता कम्पनी किया र जापानी कम्पनी इसुजुको गाडीहरुको नयाँ शोरुम इटहरी क्षेत्रको लागि ओम साई मोटो कर्प प्रालिले सुरुवात गरेको छ।विगत ३ वर्षदेखि पूर्वी भागको बजारमा अटोेमोवायल कम्पनीको क्षेत्रमा काम गर्दै आएको ओम साई मोटो कर्पले दमदार इन्ट्री गरिरहेको छ। यी गाडीहरु सुनसरी जिल्लाको आधिकारिक विक्रेता ओम साई मोटो कर्प प्रा. लि.को ईटहरीले एक कार्यक्रमका विच माघ महिनादेखि बिक्रीवितरण गर्ने जनाएको छ।ओम साई मोटो कर्प प्रा. लि.का प्रवन्ध निर्देशक पारसमणि गेलालका अनुसार कियाको सोनेट एचटीई पेट्रोलको मूल्य ३५ लाख ९० हजार, एचटीके प्लस एटीको ४९ लाख ९० हजार, एचटीएक्सको ५७ लाख ९० हजार, जीटीएक्स प्लसको ५७ लाख ९० हजार मूल्य छ।

त्यस्तै सेल्टोस एचटीके प्लसको पेट्रोलतर्फ ५३ लाख ४० हजार, एचटीके प्लस डिजेलको ५७ लाख ९० हजार, एचटीएक्स प्लस डिजेलको ६६ लाख ९० हजार, एचटीएक्स पेट्रोलको ६० लाख ९० हजार, जीटीएक्स प्लस एटी डिजेलको ७६ लाख ९० हजार, एचटीएक्स आईभीटी पेट्रोलको ६३ लाख ९० हजार, कार्निभल २.२एल ईएक्सआईको ८१ लाख ९० हजार र स्पोर्टेज २.०एल ६ स्पिड टुह्विलर एमटीको ७१ लाख ९० हजार, स्पोर्टेज २.०एल पेट्रोल एटीको ७७ लाख ९० हजार, स्पोर्टेज डीएसएल एमटी फोरह्विलरको ८६ लाख ९० हजार, स्पोर्टेज २.०एल डीएसएल फोरह्विलर एटी जीटीलाइनको १ करोड १० लाख ९० हजार रुपैयाँ मूल्य पर्ने कम्पनीले जनाएको छ।त्यस्तै इसुजुको डी–म्याक्स सिंगल क्याबको मूल्इ २४ लाख ९० हजार, डबल एस–क्याबको ४४ लाख ९० हजार, हाइलेन्डर फोरह्विलरको ५६ लाख ९० हजार, भी–क्रस फोरह्विलर वल्ट सेप ६८ लाख ९० हजार, भी–क्रस फेसलिपटको ७० लाख ९० हजार, भी–क्रस एटीको ७६ लाख ९० हजार भी क्रस फोरह्विलर ३ हजार सीसीको ८६ लाख ९० हजार, एमयूभी एटी जीप सातसिटेको १ करोड ४४ लाख ९० हजार पर्छ। कम्पनीका अनुसार ग्राहकले यी गाडी खरिदमा स्पेशल डिस्काउन्ट पाउनेछन्।नयाँ कियाका एसयूभी हरुमा अभूतपूर्व विशेषताहरु रहेका छन्।