धार्मीक मान्यता अनुसार जुन घरमा शंखको वास हुन्छ त्यस घरमा लक्ष्मीकोसमेत वास हुने गर्दछ । शंख पनि लक्ष्मीको जस्तै सागरबाट उत्पन्न भएको हो ।
समुन्द्र मन्थनबाट निस्केको रत्नमा शंखको गणना १४ औं स्थानमा रहेको छ । जान्नुहोस् धार्मीक मान्यता अनुसार शंख घरमा राख्दा हुने लाभका बारेमा :
१. शंखमा पानी भरेर ईशान दिशामा राखेमा परिवारमा परस्पर तालमेल बढ्ने गर्दछ । २. पढाईमा कमजोर बच्चालाई शंखमा भरेको पानी पिउन दिए बौद्धिकता विकास हुन्छ । ३. शंखको ध्वनिबाट सात्विक ऊर्जाको सञ्चार हुने गर्दछ साथै कारात्मक ऊर्जा नष्ट हुन्छ । ४. दक्षिणवर्ती शंखद्वारा शालिग्राम र लक्ष्मीको पूजा गरे धन प्राप्ति हुन्छ । ५. दक्षिणवर्ती शंखले लक्ष्मीको पुजा गरेमा वैवाहिक जीवनमा दम्पतीबीच तालमेल रहन्छ । ६. घरको ईशान कोणमा शंख बजाए वास्तुको खराब प्रभाव र नकारात्मक उर्जा नष्ट हुन्छ । ७. शंखको आवाजमार्फत मानिसलाई पूजाअर्चनामा प्रेरित गर्दछ ।










