हाम्रो भान्छामा सहजै भेटिने दालचिनी धेरै रोगहरूको उपचार गर्न सक्षम छ । दालचिनीलाई महसँग खाँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या टाढा भाग्छ ।

क्यान्सर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दिनदिनै तातोपानीका साथ दालचिनीको धूलो र मह खाँदा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ । यसले शरीरलाई क्यान्सर सेल्ससँग लड्न सहायता पुग्छ ।

मुटुरोग

मुटुलाई स्वस्थ राख्नका लागि दिनदिनै दालचिनी र मह सेवन गर्नुस् । रोटीमा दलेर वा चियामा हालेर प्रयोग गर्न सक्नुहुन्छ ।

मोटोपन

एक गिलास पानीमा एउटा सानो चम्चा दालचिनी र मह उमालेर दिनदिनै पिउँदा कोलेस्ट्रोल दुईगुणा घट्छ । दिनदिनै यसको चिया खाँदा तौल कम गर्न सहायता पुग्छ ।

जोर्नी र घुँडामा पीडा

एक महिनासम्म दुईचोटि तातोपानीमा दालचिनी र मह हालेर पीडा भएको ठाउँमा मालिश गर्दा पीडा गायब हुन्छ ।

रुघाखोकी

जाडोमा रुघाखोकी र ज्वरो भगाउनका लागि दालचिनी धूलो, मह र मरिच मिसाएर खानुस् । यसले रोग हटाउनुका साथै शरीरमा ऊर्जा पनि दिन्छ ।

अल्सर

दालचिनी महमा मिसाएर खाँदा बान्ता, छेर, अपच, ग्यास, पेट दुखेको, एसिडटी जस्ता समस्या भगाउँछ । अल्सर पनि निको बनाउँछ यसले ।

टाउको दुखेको

टाउको दुखेको निको पार्न दालचिनी र तेजपातलाई पिँधेर चामलको पीठोमा हालेर सुँघ्नुस् । त्यसबाहेक त्यसमा केही थोपा तेल हालेर टाउको मालिश गर्दा पनि पीडा कम हुन्छ ।

सुन्निएको

छालाको संक्रमण, पीडा, घाउ र सुन्निएको समस्यामा दालचिनीको तेल प्रयोग गर्नुस् । त्यसबाहेक दाँतमा पीडा हुँदा र सास गनाउने समस्या हुँदा पनि दालचिनी मुखमा राखेर चुस्नुस् ।