पहिलो चरणको स्थानीय निर्वाचनमा पहिलो शक्ति भएर सफलता प्राप्त गरेकै समयमा विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ फहराएको छ ।
पवर्तारोही पासाङ शेर्पाले सूर्य चिन्ह फहराएर नयाँ कीर्तिमान कायम गर्नुभएको छ । सन् २०१७ मे २८ को बिहान ८ः१६ बजे ३९ वर्षीय शेर्पाले यो सफलता हासिल गर्नुभएको थियो ।
सोलुखुम्बु जिल्ला नाम्चे ठमोका स्थायी बासिन्दा शेर्पाको यो कीर्तिमान स्थानीय तह निर्वाचन भइरहेको यसबेला अझ बढी सान्दर्भिक र स्मरणीय हुनपुगेको छ ।
पहिलो चरणमा तीन प्रदेशका २८३ मध्ये २८२ तहको परिणाममा नेकपा एमाले १२८ ,तीन स्वतन्त्रसमेतमा निर्वाचित भएर मुलुकको पहिलो शक्ति भएको छ ।
बाँकी चारवटा प्रदेशमा हुने दोस्रो चरणको निर्वाचनमा यो सफलतालाई निरन्तरता दिंदै मुलुकको पहिलो शक्ति बन्न अग्रसर छ ।
यस्तो बेला सगरमाथाको शिखरमा सूर्य चिन्ह फहराउनु स्वयम्मा अत्यन्त महत्वपूर्ण गौरवगाथा भएको वताउँदै पर्वतारोही पासाङ शेर्पालाई नेकपा एमालेले विशेष बधाई दिएको छ ।



