आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् । तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ ।उमेर पुगेर पनि नबोल्ने बालबालिकालाई उक्त मन्दिरमा लगेर पूजाआजा गराएमा बोली आउने जनविश्वासका कारण पछिल्ला केही वर्षयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लाबाट यहाँ दर्शनार्थी पुग्ने गरेका छन् । नबोल्ने बालबालिकाका लागि बोली दिने प्राचीन जनविश्वासका आधारमा बालबच्चा लिएर भाकल एवं सामान्य पूजाका लागि दर्शनार्थी आउने गरेको स्थानीयवासी विष्णु खनालले बताउनुभयो ।मन्दिरको स्थापना कहिले भयो भन्ने यकीन तथ्य अझै फेला नपरेको बताउँदै उहाँले आफूहरूले बाल्यकालमा उक्त स्थानमा सामान्य मौलो एवं शिला मात्रै देखेको अनुभव सुनाउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा महिला जागरण आमा समूहले लाटी बाराहीको मन्दिर निर्माण गर्दै यस स्थानलाई व्यवस्थित बनाउने प्रयास गरेको छ । खरखरे पहरोका बेंसीमा रहेको मन्दिर परिसरमा मौलो गाडिएको स्थानमा बेलाबेलामा लहरी छुट्नु यहाँको विशिष्टता हो । आमा समूहको सक्रियतामा १५ वर्ष अघि मन्दिर निर्माण गरिएको आमा समूहकी सदस्य शारदा खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक वर्षको बडादशैँ र वैशाख पूर्णिमामा मन्दिरमा विशेष पूजाआजा गर्ने गरिएको छ । नबोल्ने बालबालिकालाई बोल्ने शक्ति प्रदान गर्ने विश्वासका कारण प्राचीन कालदेखि नै लाटी बाराहीको गरिमा र महत्व बढेको स्थानीय समाजसेवी विश्वनाथ खनाल बताउनुहुन्छ । “बोली फुट्न नसकेका बालबालिकाको बोली आउने जनविश्वाससँगै ठाउँ ठाउँबाट बालबच्चा लिएर आउने गरेको यस तीर्थस्थलको खासै प्रचार भने हुन सकेको छैन”, उहाँले भन्नुभयो । यस्ता तीर्थस्थलको प्रचारप्रसार सँगै समग्र भावरलगायत क्याङ्दी फाँटको समृद्धि र विकासका सम्भावनालाई पनि उजागर गर्न सकिने उहाँको तर्क छ । मोटरेवल पुलको अभावमा लाटी बाराही तीर्थस्थलसहित यहाँको उब्जाउयोग्य भावर, वैद्यपानी, अरौँदीलगायत समग्र क्याङ्दी फाँट विकासमा पछि परेको नेपाली काँग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि चूडामणि खनालले बताउनुभयो ।पाँच वर्षयता क्याङ्दी फाँटलाई जोड्ने गरी शुक्लागण्डकी नगरपालिका–७ र भिमाद नगरपालिका–८ भावर जोड्ने पक्की पुल निर्माण गर्न लागिए पनि काम कछुवाको गतिमा भइरहेको उहाँले बताउनुभयो । खनालका अनुसार फराकिला समथर फाँटका कारण व्यावसायिक कृषिको प्रचूर सम्भावना भएर पनि पुलकै अभावमा यहाँका हरेक सम्भावना खेर गइरहेका छन् ।

लाटी बाराही मन्दिरको महत्वका साथै प्राचीनकालमा वैद्यले यहीँको पानीलाई औषधिका रुपमा लिने गरेको र विभिन्न स्वास्थ्य समस्या पनि यहाँको पानी पिएपछि सञ्चो हुने जनविश्वासका कारण ठाउँको नाम वैद्यपानी भएको स्थानीयवासी बताउँछन् । माछापालनसहित तरकारी तथा फलफूलखेतीका धेरै सम्भावना रहेर पनि पुलको अभावमा यहाँका कृषिजन्य उत्पादनले सहजरुपमा बजार पाउन नसकेको उनीहरूको गुनासो छ ।शुरुमा यस क्षेत्रमा बस्ती विकास नहुँदा अरौँदी नामका जोगीले भट्टी सञ्चालन गरेका र उनैका नामबाट यो ठाउँलाई अरौँदीभट्टीका रुपमा लिने गरिएको पाइन्छ । निर्माणाधीन पुल सम्पन्न गर्दै यस क्षेत्रमा बजारीकरण, कृषिको व्यवसायीकरणका साथै पर्यटकीय रुपमा महत्वपूर्ण यहाँका सिद्ध गुफा, लाटी बराही जस्ता स्थलको प्रवद्र्धन र विकास गर्नु आवश्यक रहेको ढोरफिर्दीका युवा प्रकाश भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah