बनेपा, २६ जेठ– नेपाली कांग्रेस काभ्रेमा निर्वाचनमा बेहोरेको पराजयको ‘ह्याङग’ले उग्ररुप लिएको छ । कांग्रेसको गढ क्षेत्रको रुपमा रहरेको मुख्य नगरपालिका र समग्र जिल्लामै आएको अनपेक्षित मत परिणामका कारण काभ्रेको कांग्रेसमा रणाकोे मच्चिएको हो । मतदाताका कारण भन्दा पनि आफ्नै पार्टीका नेताहरुका कारण निर्वाचनमा सर्वानक हार बेहोरेको भन्दै कांग्रेस कार्यकर्तामाझ नै असन्तुष्टिको श्वर गुन्जिएको छ ।
कांग्रेस भित्रकै प्रतिष्ठित नेताबाटै अन्तरघात भएपछि यसलाई लिएर पछिल्ला दिन काभ्रेका होटल तथा चोक गल्लिहरुमा समेत नेताहरुको विरोध भइरहेको छ । कोही हारको पीडामै छन् भने कोई खुसि मनाईरहेका छन् । काभ्रे कांग्रेशमा पार्टीका पूर्ब सभापति शिव हुमगाई र बर्तमान सभापति मधु आर्चायको आन्तरिक द्वन्द्व र गुटका कारण आम कार्यकर्ता रुष्ठ बनेका छन् । स्थानीय निकायको चुनावको वेला टिकट वितरणमा गुटको आधारमा दिएको र आन्तरिक अन्तरघात भएको भन्दै आम कार्यकताहरु अन्तरघातिलाई कारबाही गर्नुपर्ने बताउँछन् ।
कांग्रेसको प्रमुख भोट बैङ्को रुपमा रहेको बनेपा नगरपालिकामा कांग्रेसको हार भएपछि भने काभ्रे कांग्रेसको बिवादले चरम रुप लिएको हो । स्थानीय निकायको चुनावमा अन्तरघातकै कारण बनेपा जस्तो नगर गुमाउनु परेको नेताहरु बताउँछन् । नगरमा हार भएपछि यसको प्रमुख आरोप भने पूर्व उद्योग राज्यमन्त्रि एवं यस क्षेत्रका निर्वाचित साभासद् कन्चनचन्द्र वादेमाथि लागेको छ ।
बिगतमा उनले सार्वजकि कार्यक्रमहरुमा मेयर पदमा राम जोशीलाई कुनैपनि हालतमा टिकट नदिने उद्घोष गरेपनि उनले मेयरमा टिकट पाएपछि असहयोग गरेको आरोप उनीमाथि लागेको छ । बनेपा नगर कमिटीका अध्यक्षसमेत रहेका राम जोशीले टिकट पाएपछि कांग्रेसभित्र निकै खैलावैला मच्चिएको थियो ।
जोशीले वादेकै कारण हारेको भन्दै यत्तिखेर उनलाई कारवाही गर्ने जोशीले बताए । चुनाव हारिसक्नु भो पूर्व मन्त्री जस्तो मान्छेलाई सक्नुहुन्छ त कार्वाही गर्न ? भन्ने प्रश्नमा जोशीले भने,‘अन्तरघातीलाई कारवाही गर्न कसैले छेक्न र रोक्न सक्दैन ।’
पत्रकार सम्मेलनको आयोजना गर्दै जोशीले निर्वाचनका बेला असहयोग गर्ने जो कोहीलाई पनि कारबाही गर्ने बताए । तर, बादेले भने निर्वाचनमा असहयोग गरेको विषयलाई अस्विकार गरे । उनले आफूलाई कारवाही गर्ने भन्ने विषयबारे केही जानकारी नभएको उनको भनाइ थियो । नेपाली कांग्रेसंस बनेपा नगर कमिटीका समापति जोशीले सभासद् तथा पूर्व मन्त्रीलाई कार्वाही गर्ने सक्ने हुन् या हैन त्यो कालान्तरमा थाहा हुने छ । निर्वाचनमा पराजय व्यहोरेसँगै काभ्रे कांग्रेसको विवाद भने सतहमा आएको छ, अब पार्टीले यसलाई कसरी व्यवस्थापन गर्न सक्छ त्यो समयले देखाउने छ । लोकान्तर बाट साभार



