काठमाडौं, २६ जेठ । नेकपा (एमाले)का उपनेता सुवासचन्द्र नेम्बाङले अघिल्लो सरकारले प्रमुख प्रतिपक्ष दललाई कहिल्यै पनि विश्वासमा नलिएको आरोप लगाएका छन् ।

संसदको शुक्रबारको बैठकमा नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिँदै नेम्वाङले पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारले कहिल्यै पनि प्रमुख प्रतिपक्ष दललाई विश्वासमा नलिएको बताए । एमालेको सहयोग कहिल्यै पनि प्रचण्ड सरकारले नचाहेको उनको आरोप थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘एमालेलाई सधैँ कुनामा पर्ने काम गरियो’, उनले भने, ‘प्रमुख प्रतिपक्ष दललाई महत्वपूर्ण विषयमा सत्तापक्षले विश्वासमा ल्याउनु पर्छ ।’

संविधान संशोधन, निर्वाचनको मिति तोक्ने, निर्वाचन सार्ने लगायतका विषयमा कहिल्यै पनि एमालेसँग सरसल्लाह नगरेको उपनेता नेम्वाङले बताए । उनले भने, ‘यस्तो अविश्वासको अवस्थामा एमालेले कसरी सहयोग गर्न सक्छ ? नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले सबैको विश्वास जितेर अगाडि बढ्नु हुनेछ भन्ने शुभकामना दिन्छु ।’

‘बिगतमा कमिकमजोरी भएका छन् । प्रधानमन्त्री देउवाजीले यसपटक ती गल्ती र कमजोर गर्नु हुने छैन’, नेम्वाङले भने, ‘संविधान कार्यान्वयन गर्नु छ । तोकिएको समयभित्र तीन तहको निर्वाचन गर्नु हुनेछ ।’

नेपाली कांग्रेसका सांसद तथा कोषाध्यक्ष सीतादेवी यादवले एमालेले कहिल्यै पनि संविधान संशोधनको कुरालाई नरुचाएको आरोप लगाइन् ।

उनले भनिन्, ‘एमालेसँग संविधान संशोधनको चाबी छ । तर, कहिल्यै पनि मधेसी जनताको माग सम्बोधन गर्ने विषयमा र संविधान संशोधनमा कुरा गर्दै ।’