झापाको गौरादहमा स्थानीय तहको निर्वाचनमा जित हासिल गर्नका लागि नेकपा एमालेले आक्रमक चुनावी रणनीतिलाइ अघि सारेको छ । नगरपालिकाको अध्यक्षमा मदन अधिकारी र उपाध्यक्षमा गीता भेट्वाल रहेकाछन् । अध्यक्षका उम्मेदवार अधिकारीले आफूले फराकिलो मतान्तरले निर्वाचन जित्ने बताएकाछन् ।

एमालेले बोकेको एजेण्डा र स्थानीय क्षेत्रमा एमालेले अगुवाइमा भएका बिकास निर्माणहरुलाइ जनताले प्रत्यक्ष रुपमा हेरिरहेकाले यहाँ एमालेको बिकल्प जनताले रोज्न नसक्ने उनले बताए ।

पार्टीका सबै तह र तप्काका नेता देखि कार्यकर्ताहरु अहिले चुनावी अभियानमा रहेकाले एमालेले स्थानीय तहमा सबै वडाध्यक्ष सहित सदस्यहरु जित्ने उनको दाबी छ ।

गौरादह एमालेको बर्चश्व रहेको नगर हो । यहाँबाट साँसद दीपक कार्कीले दूइपटक निर्वाचन जिति सकेकाछन् । पूर्व गाबिस अध्यक्ष पनि कार्की नै रहेका थिए ।

नगर अध्यक्षका उम्मेदवार अधिकारी नेकपा एमालेका जिल्ला सचिब हुन् भने यस क्षेत्रका पुराना बासिन्दा समेत रहेकाछन् । अन्य पार्टीका कार्यकर्ताहरुले पनि आफूलाइ सहयोग गर्ने उनको दाबी छ ।

नेकपा एमालेका वडा नं. १ का वडाध्यक्षका उम्मेद्वार तथा स्थानीय लोकप्रीय युवा नेता नगेन्द्र भण्डारीले एमालेको पक्षमा जनलहर उर्लिएको जनाएकाछन् । जनताहरु एमालेको पक्षमा खुलेर आएको र निर्वाचनमा एमालेको गौरादह नगरमा बलियो पकड रहने उनले जनाए । अहिले आफूहरु घरदैलोमा ब्यस्त रहेको जनाए । गौरादह सधै एमालेको कब्जामा नै रहने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah