निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले भरतपुरमा मतपत्र च्यात्ने कार्य प्रचलित ऐन कानुन विपरित भएको बताएका छन् । शुक्रबार स्थानीय सञ्चारकर्मीहरुसँगको साक्षात्कार कार्यक्रममा आयुक्त यादवले सो कुरा बताएका हुन् ।
आयुक्त यादवले दलका कार्यकर्ताबाटै मतपत्र च्यातिनु निन्ददनीय भएको बताउँदै यो कार्य अपराधिकजन्य भएको समेत अरोप लगाए । भरतपुर प्रकरणमा दलहरु स्वयम गम्भीर नदेखिएको बताउँदै उनले दलका उम्मेद्वारहरु प्रजातान्त्रिक विधि र मान्यताअनुसार अघि बढ्नुपर्ने स्पष्ट पारे ।
उनले दोश्रो चरणको स्थानीय निर्वाचनको मिति असार १४ गते भन्दा अर्को विकल्प नभएको समेत बताए । दलीय सहमतिमा निर्धारण भएको दोश्रो चरणको चुनावको मिति अब कुनै पनि हालतमा नसर्ने उनले स्पष्ट पारे । त्यस्तै, आयुक्त यादवले राष्ट्रिय जनता पार्टीलाई तत्काल चुनाव चिन्ह प्रदान गर्न नसकिने समेत स्पष्ट पारे ।



