विगतमा प्रधानमन्त्री हुँदा पनि विवादास्पद छवी बनाएका काँग्रेस सभापति शेरहादुर देउवाले प्रधानमन्त्री निर्वाचित भएपछि संसदमा गरेको पहिलो सम्वोधन नै विवादास्पद बनेको छ ।
व्यवस्थापिका संसदमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको सन्दर्भमा विवादास्पद अभिव्यक्ति दिएका हुन् । ‘मतपत्र हिजो पनि च्यातिएकै हो,’ उनले भने, ‘भोलि पनि च्यातिन सक्छ।’
दोस्रो चरणको स्थानीय निर्वाचन मिति नजिकिरहेका बेला उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले एमालेलाई भरतपुरको विषयलाई धेरै नउचाल्न पनि सुझाव दिए । उनले स्थानीय चुनाव अघि संविधान संशोधन गर्न सम्भव नरहेको पनि जानकारी दिए ।
‘चुनाव सुरु हुने भइसक्यो, चुनाव सकिनासाथै प्रतिपक्षी दलका नेताहरुले कुरा गरेर संशोधन गर्न सकिने छ,’ उनले भने, ‘त्यसैले संविधान संशोधन दोस्रो चरणको चुनावपछि मात्र हुन्छ ।’



