बुटवल, २६ जेठ । बुटबल उपमहानगरपालिकाका वडा, वडामा अन्य पार्टीहरु परित्याग गरि नेपालीकांग्रेस प्रवेश गर्ने लहर नै चलेको छ । नेपालीकाँग्रेसले शुक्रवार गरेको क्रियाशिल भेलामाबिभिन्न पार्टी परित्याग गरि ३१ जनायुवा नेपालीकाँग्रेसमाप्रवेश गरेका छन् ।
उनीहरुलाई बुटवलउपमहानगर पालिकाकाका मेयरकाउम्मेदवार खेलराज पाण्डे, महाधिवेशनप्रतिनीधियुवराजगिरी, वडा सभापति कृष्णप्रसाद ज्ञवालीले पार्टी प्रवेश गराउनु भएको थियो ।
आगामीअसार १४ गते हुने निर्वाचनमा विजय सुनिश्चित गर्न नेपालीकांग्रेसले केही वडामा नेकपामाओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीसंग पनितालमेल गरेको छ ।
यस तालमेल अनुसार वडा नं ७ मा नेपाली काँग्रेसका वडा सभापति कृष्णप्रसाद ज्ञवालीले दिनुभएको जानकारी अनुसार तालमेलमा वडा अध्यक्ष नेपालीकाँग्रेसले लिएको छ भने राष्ट्रिय जनमुक्ति पार्टी र नेकपामाओवादी केन्द्रले दुईदुई सदस्य पद लिएका छन् ।
चुनावीतालमेल गरेपछि नेपालीकाँग्रेसले शुक्रबार क्रियाशील भेला गरी तालमेल अनुसारकाउम्मेदवारको पक्षमामतदानगर्न आग्रह गरेको छ ।
उक्त वडामा नेपालीकाँग्रेसले अध्यक्षमापदमराजगाहालाई अंगाडी सारेको छ भने जनमुक्तिले महिला सदस्यमाबसन्ती साठिघरे र खुल्ला सदस्यमामनिराम गुरुङ्लाई अंगाडी सारेको छ । त्यस्तै माओवादी केन्द्रले दलितमहिलामा छमीदेवीलोहोनी र खुल्ला सदस्यमाबालकृष्ण भुसाललाई अंगाडी सारेर संयुक्तचुनावप्रचार प्रसारमालागेका छन् ।
कार्यक्रममाबोल्दै मेयर पदकाउम्मेदवार पाण्डेले आधुनिक बुटवलको परिकल्पनाअनुसार सम्बृद्धि बुटवल निर्माणकालागि नेपालीकाँग्रेसकाउम्मेद्वारलाई जिताउनआग्रहगर्दै नेपालीकाँग्रेसले जितेको खण्डमा जनताले जितेको आभाषआफूले गराउने प्रतिवद्धता व्यक्तगर्नुभयो ।
कार्यक्रममा महाधिवेशनप्रतिनीधि युवराज गिरी, दीर्घबहादुर केसी, क्षेत्रीय प्रतिनीधि लक्ष्मण आचार्य, वडा अध्यक्षका उम्मेदवार पदमराजगाहा, नेपाली काँग्रेसका वडा उपसभापति लिलासिंह राना, सचिवदिनानाथगिरी लगायतले भनाई राखेकाथिए ।
त्यसैगरी बुटवलको वडा नं. ८ मा नेपाली काँग्रेस तथा जनमुक्तिको संयुक्त प्यानलका उम्मेदवारहरुले घरदैलो गरेका छन् । शुक्रबार उनीहरुले धर्मपथ, कालिकापथ, प्रेमपथलगायतका स्थानमा घरदैलो गरिएको वडा अध्यक्षकाउम्मेदवार राधेश्याम राजभण्डारीले जानकारी दिनुभयो ।
घरदैलो काक्रममा स्थानीयले सडक, खानेपानी, ढल निकासको समुचित प्रवन्ध मिलाउन उम्मेदवार समक्ष माग गरेका थिए । शुक्रवार सम्पन्न नेपाली कांग्रेसको क्रियाशील सदस्यको भेलाले शनिबार वडामा संयुक्त ¥यालीप्रदर्शन गर्ने निर्णय गरेको छ ।
त्यसै गरि बुटवल उपमहानगर पालिकाको कडा नम्बर १३ पनि घर दैलो कार्यक्रम गरिएको छ । घर दैलो कार्यक्रममा नगरका मेयरका उम्मेदवार खेलराज पाण्डेले बुटवलका हरेक संरचना कांग्रेसकै पहलमा आरम्भ भएको भन्दै बिकास र कांग्रेस पर्यायबाची भएको दाबिगर्नुभयो । वडा अध्यक्षका उम्मेदवार नारायण पुनले काग्रेसको पक्षमा जनलहर बढदै गएको धारणा राख्नु भएको थियो ।



