बहुजन शक्ति पार्टीका अध्यक्ष एवं सांसद् तथा ओली सरकारका मन्त्री विश्वेन्द्र पासवानले गत वर्ष बाहरवाली बनाई राखेकी महिलालाई कान्छी बनाई भित्र्याएका कारण सबै नेता कार्यकर्ताहरुले पार्टी छोडेका छन् । ती महिला हुन्–बारा, लिप्नी ६ सुकुम्बासी बस्तीका रमेश रामकी श्रीमती २६ वर्षीया ताराकुमारी राम । एसएलसी पास तारालाई विश्वेन्द्रले दोस्रो संविधानसभाको निर्वाचनका पार्टीमा प्रवेश गराई केन्द्रीय सदस्य बनाएका थिए । अनि आफू सभासद भएपछि जहाँ जहाँ पनि साथमै लैजाने गर्दथे ।
सुत्रका अनुसार, पासवानले मन्त्री भएपछि तारालाई गर्भवतीसमेत बनाएका थिए । गर्भवती भएपछि ताराले आफूलाई श्रीमती बनाई घरमा भित्र्याउनु पर्ने भन्दै पासवानको पिंगलास्थानस्थित घरमै आई दबाब दिन थालेपछि पासवानकी श्रीमती र छोराहरुले तारालाई घरमा छिर्नमात्र दिएनन्, उल्टै मन्त्री विश्वेन्द्रलाई समेत भकुर्नसम्म भकुरेका थिए ।
त्यसपछि विश्वेन्द्रले सरकारी खर्चमा दिल्लीको मेदान्त अस्पताल पुगेर पेटको अपरेशनगराई फर्केको सर्वविदित्तै छ । त्यति बेला पासवानले उनीहरुकै सामु तारालाई मेरो बेइज्जत नगर, तिमीलाई अन्तै व्यवस्था गरिदिन्छु भन्दै त्यहाँबाट फकाई फुलाई फर्काइदिएका थिए र पछि बाराको जितपुरमा घडेरी, जग्गा, स्कुटी र बैंकमा ५ लाख राखिदिएर घटनालाई गोप्य राखी गर्भपतन गराइएका थिए ।
सो घटनाबारे रमेश रामले सुइँको पाएर तारालाई तेरै विश्वेन्द्रसँग जा, तँ यहाँ बस्न लायक छैनस्, भनी कुटपीट गरी घरबाट निकाली दिएका थिए, त्यसपछि तारा काठमाडौं आएकी थिइन् । अनि विश्वेन्द्रले बाहरवाली बनाएर कुनै अज्ञात स्थानमा राखेका थिए । प्रसंग हो गत माघ पहिलो साताको ।
एक साँझपख विश्वेन्द्रले आफ्नो भारतीय नं. प्लेट भएको आफ्नै जिपमा अगाडि के.स.तारा रामलाई अनि पछाडिको सिटमा पार्टीका वरिष्ठ उपाध्यक्ष राधेश्याम पासवानलाई बस्न लगाई, आफैंले जिप चलाएर कतै जान लागिरहेका थिए । आफ्नो अपमान गरेको महसुस भएपछि राधेश्याम पासवानले विरोध जनाउँदै भने, म वरिष्ठ उपाध्यक्ष पछाडि ! त्यो केन्द्रीय सदस्य अगाडि ? मेरो यस्तो अपमान
। म पछाडि बस्न सक्दिन, मलाई ह्युमिलेसन फिल हुन्छ ! त्यसलाई पछाडि राख्नुस्, म अगाडि बस्छु । तब राधेश्यामको जिद्दी देखेर मुर्मुरिएका विश्वेन्द्रले हकार्दै भने, तँलाई थाहै छ, ऊ (तारा) केन्द्रीय सदस्यमात्रै होइन, तेरी भाउजू पनि हो, उसलाई किन पछाडि राख्ने हँ ? तँलाई अपमान महसुस हुन्छ भने मेरो गाडिमा नचढ् ।
त्यसपछि अपमानमात्रै होइन, अझै ताराका अगाडि हकारेपछि राधेश्यामले पनि मुख छाडिहाले, ए त्यसो हो । आमा चकार्दै (माँ…) मर्दको छोरो होस् भने घरमै भित्र्याएर देखा, तब भाउजू मान्छु । बाहिरै–बाहिर राख्छस्, अनि मैले कसरी भाउजू मान्ने ? त्यसपछि अघि राखे पनि राख, पछि राखे पनि राख । निकै बेर भनाभनपछि विश्वेन्द्रले पनि राधेश्यामलाई आमा चकार्दै गालि गर्दै भने, ‘ए माँ…….. तैँले मेरो मर्दाङ्गिनी हेर्न चाहेको !
अब मेरा अगाडि नपर, तँसँग मेरो कुनै सम्बन्ध छैन ।’ भनी मुखमा थुकेर तँ–तँ र म–म गर्दै राधेश्यामलाई बीच बाटोमै छोडेर हिँडे । त्यसै दिनदेखि विश्वेन्द्रले तारा रामलाई पिंगलास्थानस्थित आफ्नै निवासमा लगेर राखेका थिए भने जेठी श्रीमती र छोराहरुलाई भैंसेपाटीतिर पन्छाएका थिए ।
सुत्रका अनुसार, उक्त घटनापछि विश्वेन्द्रले पार्टीलाई कब्जामा राखेको मात्र नभई, गर्न हुने–नहुने सबै काम गरेर पार्टीलाई बद्नाम गराएको, पार्टीको नाममा आउने सबै पैसा लुकाएर काठमाडौंमा महलहरु किनेको, अर्कैकी श्रीमती हड्पेको, स्त्रीलम्पट भएको ठहर गर्दै विश्वेन्द्रका सबै काला कर्तुतहरुको भण्डाफोर र पर्दाफास गर्ने सोच बनाएर बहुजन शक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष राधेश्याम पासवान, महासचिव मेख परियार तथा के.स.दिनेश परियार, गणेश पासवान, दुर्गा पासवान लगायतका २२ जना केन्द्रिय नेताहरु यही जेठ २४ गते बुधबार अपरान्ह ४ बजे माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रम गत जेठ १५ गते गणतन्त्र दिवस पारेर गर्ने तय भएता पनि सरकार परिवर्तनको घटनाक्रमले बुधबारमात्र सम्पन्न भएको छ । त्यसैगरी जिल्ला र गाउँ तहका नेता र कार्यकर्ताहरुले पनि बहुजन शक्ति पार्टी छोडेर मूलवासी मुक्ति पार्टी तथा नेपाली जनता दलमा प्रवेश गर्ने लहर चलाएका छन्, खबर नेपालीपत्रमा उल्लेख छ ।
स्मरण रहोस्, ड्राइभरको ठाउँमा जेठो छोरा, पीएको ठाउँमा कान्छो छोरा, अनि घरभाडाको ठाउँमा आफ्नै घरको नाउँमा सांसद सुविधाको भ त्ता रकम बुझेर पचाउन पल्केका विश्वेन्द्र पासवानको बहुजन शक्ति पार्थीले स्थानीय निकायको पहिलो चरणको निर्वाचनमा केही ठाउँका बडाहरुमा उम्मेदवारको जमानत जफत भएको छ भने दोस्रो चरणको निर्वाचनमा विश्वेन्द्र उम्मेदवार खोज्दै सिरहा–सप्तरीतिर घर–घर हिँडेका छन् । उनका काला कर्तुत थाहा पाउने सबैले उनलाई देखेपछि ढोका ढप्काउने गरेको सुत्रले बताएको छ ।



