झापाको दमक २ मा भएको रहस्यमय हत्या प्रकरणको बिषयमा प्रहरीले प्रारम्भिक चरणको घटना बिवरण सार्वजनिक गरेको छ । दमक २ का होमकुमार दाहालकी ९ बर्षिया छोरीको हत्यामा गाँउकै ठूला बुबा भनिने लक्ष्मीप्रसाद अधिकारीको संलग्नता रहेको प्रहरी भनाइ रहेको छ ।
अहिलेसम्म घरमा रहेकी भनिएकी दिदीको संलग्नताको बिषयमा केहि नखुलेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको प्रत्यक्षदर्शी र सबै शिलशिला भने दिदीले देखेको जनाएको छ ।
यद्यपि संलग्ता भने नदेखिएको प्रहरी भनाइ रहेको छ । घटना नाटकीय रुपमा भएको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धान बिवरणले देखाएको छ । विवरणमा धेरै कुरा अकल्पनिय झै लाग्छन् ।
दिदीको बयानको आधारमा अधिकारी पक्राउ परेकाछन् । तर अधिकारीको घरमा नै हत्या भएको रातमा त्यो परिवार शरणमा रहेको थियो । हत्या भएको घरमा डरत्रासले कोहि नबसेपछि छिमेकी रहेका अधिकारीकोमा नै उनिहरु थिए ।
त्यो घटना हुनु अगाडि मृतककी आमा कामको शिलशिलामा त्यहि अधिकारीको साइकलमा चढेर केहि वरसम्म आएकी थिइन् । अधिकारी नाती स्कूलबाट फर्किसकेको भन्दै बीचबाट फर्केका थिए । अधिकारी घरमा नगइ सिधै दाहालको घरमा गएर माथि चढेका थिए । त्यसपछि घटनाले नाट्कीय मोड लिएको छ ।
दिदीमाथि अधिकारीले हातपात गर्न खोज्दा बहिनीले थाहा पाएर तान्न खोन्दा अधिकारीले हत्या गरेको भनिएको छ । बन्चरोले छियाछिया पार्ने गरि नाबालिकालाइ काटिएको छ । दिदीलाइ कसैलाइ नभन्नका लागि धम्कि दिएको र दिदीले २ घण्टासम्म कसैलाइ नभनेको प्रहरीको रिर्पोटमा उल्लेख छ ।
दिदी घरमा साधरणअवस्थामा काम गरिहेको त्यसपछि पनि जनाइएको छ । हत्या गर्दाको बन्चरो पखालिएको छ । हातमा प्लाष्टिक प्रयोग गरेर अगेनोमा डढाउन खोजिएको छ । यस्तो प्रकृतीले के बुझाउछ ?



