बेरोजगारी समस्या सामधान र रोजगार प्रवद्र्धनका लागि नगरमा नगर रोजगार बिभाग नै स्थपना गरिने प्रतिबद्धता रहेको छ । भूमिहिन, सुकुम्बासी र गरिबलाइ रोजगार प्रदान गर्न गाँउटोल रोजगार कार्यक्रम लागु गरिने उल्लेख छ ।  मजदुरबर्गको हितको लागि नगरपालिकामा एक श्रमिक कल्याणकारी कोष स्थपना गरि मजदूरको बिमा गरिने घोषणापत्रमा उल्लेख छ । नगरपालिकामा डिजिटल कार्ड प्रणालि लागु गरिने बताईएको छ ।

बिष्णुप्रसाद पोखरेल
दमक/नेकपा एमाले दमकले नेकपा एमालेका मेयर तथा उपमेयरले जित हासिल गरेपछि गर्ने काम सहितको योजना र प्रतिबद्धता सार्वजनिक गरेको छ । गफ ठूला होइन काम गर्नु पर्छ भन्ने मान्यताका साथ गर्न सकिने काम र योजनाहरु समावेश गरेर प्रतिबद्धता तयार पारिएको दमक नगर अधयक्ष बोधराज घिमिरेले बताए । आफूहरुले घोषणापत्रमा हालेका सबै योजना तथा कार्यक्रम ५ बर्षभित्रमा सम्पन्न गराइ छाड्ने समेत एमालेले प्रतिबद्धता जनाएको छ ।

मेयरका उम्मेदवार रोमनाथ ओलीले आफ्नो पहिलो प्राथमिकता नै शुशासन र भ्रष्टाचामुक्त नगर प्रशासन भएको बताएकाछन् । नगरमा एमालेका पहलमा आएका ठूला बिकासका परियोना औधोगिक पार्कको पूर्णता दिएर यहि रोजगार सिर्जना गर्ने, बिश्वको अग्लो बुद्धमूर्ति निर्माणको पहल, दमक रबि चिसापानी सडकको पूर्णता लगायतका बिषयहरु पनि घोषणापत्रमा उल्लेख छ । सबै सुकुम्बासीहरुको समस्या सामधान र चिया बगानमा रहेका मजदूरहरुको समस्याको दीर्घकालिन सामधान गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

दमक बहुमुखि क्याम्पसलाइ प्रदेृशकै नमुना प्राविधिक क्याम्पस बनाउने, दलित, सिमान्तकृत तथा बिपन्नलाइ निशुल्क रगत उपलब्ध गराउने, अनिवार्य रुपमा स्वास्थ्यबिमाको ब्यवस्था गरिने घोषणापत्रमा उल्लेख रहेको छ । मेयरका उम्मेदवार ओलीको अनुसार नगरपालिकाको सहयोगमा एक घर एक स्नाकोत्तर कार्यक्रम समेत सञ्चालन हुनेछ ।

बेरोजगारी समस्या सामधान र रोजगार प्रवद्र्धनका लागि नगरमा नगर रोजगार बिभाग नै स्थपना गरिने प्रतिबद्धता रहेको छ । भूमिहिन, सुकुम्बासी र गरिबलाइ रोजगार प्रदान गर्न गाँउटोल रोजगार कार्यक्रम लागु गरिने उल्लेख छ ।  मजदुरबर्गको हितको लागि नगरपालिकामा एक श्रमिक कल्याणकारी कोष स्थपना गरि मजदूरको बिमा गरिने घोषणापत्रमा उल्लेख छ । नगरपालिकामा डिजिटल कार्ड प्रणालि लागु गरिने बताईएको छ ।

जनताका प्रत्यक्ष गुनासो सुनेर समस्या सामधान गर्नका लागि जनतासंग मेयर कार्यक्रम सञ्चालन गरिने पनि प्रतिबद्धतामा उल्लेख छ ।  जेष्ठ नागरिकहरुको सम्मानका लागि बार्षिक २ हजार रुपिया चाडपर्व खर्च नगरपालिकाले उपलब्ध गराउने, न्यायमा सबैको पहुँच पुर्याइने, आर्थिक अवस्था कमजोर भएकाहरुलाइ नगरपालिकाले बिशेष ब्यवस्था गरेर नै अप्ठेरोमा पर्दा न्याय दिलाउने योजनाहरु सहितको प्रतिबद्धताहरु पुरा गर्ने उपमेयरकी उम्मेदवार गीता अधिकारीले बताइन् । खेलुकुदको बिकासका लागि प्रत्येक वडामा एउटा सुबिधा सम्पन्न खेलकुद मैदान बनाउने पनि उल्लेख रहेको छ ।

पूर्वधार बिकास र निर्माण, शिक्षा स्वास्थ्य, संस्कृतिको बिकास, पर्यटन, वातवरण र स्वच्चछ पीउने पानी, बन तथा प्रकृती संरक्षण र भू उपयोग, उद्योगधन्दा र रोजगारी, सूचना, सञ्चार सम्पर्क र समन्वय, ब्यापार एवं ब्यवसाय र आर्थिक बिकास, शुशासन, समाज बिकास, खेलकुद बिकास र बिबिध गरेर दमकलाइ ५ बर्षभित्रमा नेपालको नमूना तथा बस्न लायक शहर बनाउने घोषणापत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah