
बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा संचालनमा रहेका पसलका व्यापारीहरुलाई उत्सव खानेतेल विक्री वितरण गर्न रोक लगाएको छ।राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तोरीको तेलको सम्बन्धमा गुनासो तथा उजुरी आएकाले उक्त तेल विक्रिमा रोक लगाएको हो।राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तोरीको तेलको गुणस्तरमा सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएको र सोको निरिक्षणको क्रममा समेत कैफियत महसुस भएकोले गुणस्तर परिक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले पत्र पठाएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले जानकारी दिए।