सरकारले आजबाट शुरु गरेको कोरोना विरुद्धको खोप अभियानमा झापाका पनि तीन स्थानमा खोप लगाउन शुरु गरिएको छ । पाँच दिन सम्म चल्ने यस अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाईकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई खोप लगाउने बताइएको छ ।

झापाको दमक स्थित दमक अस्पताल कोभिड उपचार केन्द्रमा डाक्टर नविन ढकालले पहिलो डोज खोप लगाएर कोरोना विरुद्धको खोप अभियान शुरु गरिएको छ । डाक्टर ढकालपछि डाक्टर प्रकाश शर्मा, डाक्टर सूर्यनारायण शाह लगायतका डक्टरहरुले पनि आजै खोप लगाउनु भएको छ ।

आज पहिलो चरणमा ७३ महिला र ७२ पुरुष गरी एक सय ४५ जनालाई खोप लागाइएको डाक्टर सुरक्षा बाँसकोटाले जानकारी दिनुभयो । खोप लगाइसकेपछि डाक्टरहरुले सबैलाई सहभागी भइ ढुक्क भएर खोप लगाउन अनुराध समेत गर्नु भएको छ । खोप अभियानमा राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर