चिसोको समयमा रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न सक्नुपर्छ, नत्र यसले ठूलो असर ल्याउँछ । मधुमेहका बिरामीले यो मौसममा धेरै नै ख्याल राख्नुपर्छ । विज्ञका अनुसार, चिसो मौसममा मधुमेहका बिरामीले खानामा लापरवाही गरेमा ठूलो हानी हुन्छ ।यहाँ मधुमेहका बिरामीहरूले चिसो समयमा खान नहुने केही खानेकुराहरूबारे बताइएको छ,जानौँ, चिसो समयमा मधुमेहका बिरामीले खान नहुने यी चिजहरू

१.तेल भएको वा मसलेदार खाना 
मधुमेहका बिरामीहरूले यस मौसममा तेलमा धेरै पकाइएको वा मसला धेरै राखेर पकाइएको खानेकुरा नखाएकै बेस हुन्छ ।परौठा,मकैको रोटी, पुरी, समोसाजस्ता खानेकुरा यस समयमा नखानुहोस् ।यसले हाम्रो पाचन प्रणालीलाई समेत कमजोर बनाउँछ । मधुमेहका बिरामीले यस समयमा यस्ता खानेकुरा नखाएकै राम्रो हुन्छ।

२.सुन्तला
भिटामिन सीले भरिपूर्ण हुने सुन्तला हाम्रो इम्युनिटी बढाउनका लागि राम्रो मानिन्छ । तर सुन्तलामा चिनीको मात्रा अत्याधिक हुन्छ । यसले मधुमेहका बिरामीहरूलाई राम्रो गर्दैन । यसकारण चिसो समयमा मधुमेहका बिरामीहरूले सुन्तला खानुबाट बच्नुपर्छ । बजारमा पाइने प्याकेज गरिएका जुसहरू पनि खानु हुँदैन ।

३.बोसोसहितको मासु
मधुमेहका बिरामीहरूले चिसो समयमा बोसो भएको मासु खानु निकै घातक हुन्छ । यसमा भएको बोसो मधुमेहका बिरामीका लागि निकै घातक हुन्छ । यसका ािथै रातो मासु समेत नखानका लागि जनस्वास्थ्य विज्ञहरूले सल्लाह दिने गरेका छन् ।

४.तेलमा तारिएको खाना
चिसो समयमा तेलमा धेरैबेर तारिएको खानेकुरा खानबाट टाढै रहनुहोस् । यसमा भएको चिल्लो पदार्थले शरीरको लागि राम्रो गर्दैन । चिप्स, पकौडा जस्ता खानेकुराहरू तेलमा धेरै नै तारेर बनाइन्छ । मधुमेहका बिरामीहरूले यी चिज खानबाट बच्नुपर्छ ।

५.अल्कोहल
इन्सुलिन लिने बिरामीहरूमा हाइपोग्लिसिमियाको खतरा हुन्छ । यसकारण यस्ता बिरामीहरूले अल्कोहल सेवन गर्नु सामान्य मानिसहरूले सेवन गर्नुको तुलनामा धेरै खतरा हुन्छ।  त्यसकारण मधुमेहका बिरामीहरूले अल्कोहल सेवनबाट टाढै बस्नुपर्छ ।

६.सोडा तथा गुलीयो खाना
मधुमेहका बिरामीहरूले सोडा तथा चिनीको मात्रा धेरै राखिएको खानेकुरा खानु उचित हुँदैन।बजारमा पाइने सूप, जुस वा प्याकेटमा बन्द गरिएका खानेकुराहरूमा यस्तो चीज धेरै राखिन्छ।

७.मह
महमा कार्बोहाइड्रेटको मात्रा एकदम धेरै हुन्छ । यसले शरीरलाई उर्जा त दिन्छ तर मधुमेहका बिरामीहरूका लागि भने सताउँछ।बजारमा पाइने मह झन् विकारयुक्त हुन्छ।त्यसकारण मधुमेहका बिरामीहरूले यी चीजहरूको सेवनबाट टाढै रहनु उपयुक्त हुन्छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय