काठमाडौं । चिनियाँ इन्टरनेट जाइन्ट कम्पनी बाइटड्यान्सले भारतमा रहेका आफ्ना कर्मचारीहरुलाई कटौती गर्ने बताएको छ । गत हप्ता कम्पनीको लोकप्रिय एप टिकटकमाथि सरकारले प्रतिबन्ध जारी रहेको अडान दोहोर्‍याएपछि बाइटड्यान्सले भारतमा कर्मचारीको संख्या घटाउने बताएको हो ।

गत जून महिनामा भारतले टिकटक, यूसी ब्राउजर, यूसी न्युज, बाइडु म्याप, साओमी भिडियो, लगायत ५३ वटा चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाएको थियो ।

त्यसयता गत मंगलबार चिनियाँ एपहरुको दोहोरो आग्रहमा भारतीय सरकारले ती आफ्नो मुलुकमा ती एपहरुको पुन: सुचारुको सम्भावना क्षीण रहेको जवाफ दिएको थियो ।

भारतमा टिकटकको दुई हजार कर्मचारी छन् । उसले संवेदनशील जिम्मेवारीमा रहेका कर्मचारीहरुलाई मात्र निरन्तरता दिने बताएको छ । कम्पनीका दुई तिहाई कर्मचारी अब हट्ने कम्पनीले बताएको हो ।

प्रतिबन्धअघि टिकटकका लागि भारत सबैभन्दा ठूलो अन्तराष्ट्रिय बजार थियो । जहाँ उसको २० करोड मासिक सक्रिय प्रयोगकर्ता थिए । भारत विश्वको दोस्रो ठूलो इन्टरनेट बजार हो । गत वर्ष भू-राजनीतिक तनावको कारण भारतले चीनसँग सम्बन्धित दुई सय एपहरुलाई प्रतिबन्ध गरेको थियो ।

टिकटकका सीईओ भानेस्सा पप्पास तथा ग्लोबल विजनेस भीपी ब्ल्याक च्याण्ड्लीले भारतको यस्तो प्रतिबन्ध ७ महिनाभन्दा लामो नरहेन प्रारम्भिक अपेक्षा रहेको बताएका थिए । तर यो अपेक्षा विपरित सरकारी अडान रहेको पाइएपछि कर्मचारी कटाैतीकाे निर्णय लिनुपरेको उनीहरुको भनाइ छ ।

-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय