
हिजोबाट शुरु भएको कोरोना विरुद्धको खोप अभियानमा आजसम्म दमकमा ३ सय ८५ जनाले पहिलो डोजको खोप लगाएका छन् । आज २ सय २० जनाले खोप लगाएसँगै दमकमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या ३ सय ८५ पुगेको हो ।
आज एक सय २० महिला र सोहि संख्यामा पुरुषले खोप लगाएको स्वास्थ्य शाखाका कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो । हिजो ७३ महिला र ७२ पुरुष गरी एक सय ४५ जनाले खोप लगाएका थिए । डाक्टर नविन ढकालले कोरोना विरुद्धको पहिलो खोप लगाउँदै दमकमा खोप अभियानको शुरुवात गरिएको थियो ।
दमकमा पहिलो चरणमा माई पश्चिमका पाँच पालिकामा कार्यरत स्वास्थ्यकर्मी, सफाईकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुले खोप लगाउने छन् । भोली गौरादह नगरपालिकाको पालो भएको डाक्टर सुरक्षा बाँसकोटाले जानकारी दिनुभयो । पहिलो चरणको खोप पाँच दिनसम्म चल्नेछ ।