नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण आगामीअसार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्नभएको एक महिनाभित्रै गराउने गरि नयाँदिल्लीले आन्तरिक तयारी थालेको छ ।
भारतीयअधिकारीहरुले यस्तो खुलासा गरेका हुन् । स्रोतले भन्यो,‘नेपालमाहुन गैरहेको स्थानीय तहको निर्वाचन सम्पन्न भए लगत्तै त्यसको एक महिनाभित्रै नेपालको प्रधानमन्त्रीको भारत भ्रमण गराउनेगरि यहाँ गृहकार्य भैरहेको छ, पहिलो कुरा नेपालको चुनाव राम्रोसँग सम्पन्न हुन पर्यो ।’
भारतीय सत्तारुढ दल भाजपाका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशीयारीले पनि भारत नेपालमा हुन गैरहेको चुनावको पक्षमा रहेको बताए ।
उनले भने,‘हामी त चुनाव समयमै सम्पन्न होस् भन्ने पक्षमा छौं, अब तीनै तहको निर्वाचन समयमै सम्पन्न होस् भन्ने हाम्रो विशेष चाहना छ, यसको लागि हामी जस्तोसुकै सहयोग गर्न पनि तयार छौं ।’
उनले कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएकोमा आफ्नो पार्टी भाजपा र खासगरी भारतीय जनताहरु पनि निकै खुशी भएको प्रतिक्रिया दिए ।
उनले भने,‘देउवाजी प्रधानमन्त्री बन्नुभएकोमा हामीखुशी छौं।’ कोशीयारीले देउवाको कार्यकालमा नेपाल–भारत द्धिपक्षीय सम्बन्धअझै मजबुदभएको र आगामी दिनमा अझै यो सम्बन्ध आर्थिक–समृद्धिको लागि थप मजबुद हुने विश्वास दिलाए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहाना पनि नेपालमा स्थायित्व, शान्ति र समृद्धि भएको जनाए । कोशीयारीले भने,‘हाम्रो प्रधानमन्त्रीले पनि खासमा यही चाहानु भएको छ ।’
उनका अनुसार प्रधानमन्त्री मोदीले पनि नेपालमा तीन तहकै निर्वाचन समयमै सम्पन्न भएर संविधान कार्यान्वयनको बाटोमा अघि बढेको हेर्न चाहेको जनाए ।



