मस्र्याङ्दी गाउँपालिका–७ छिनखोला गाउँबाट बेँसीशहर झरेका अजय तामाङ परिवारका साथ सुख, सयल र सुविधाको जीवन बिताउने सपना देखेर १३ वर्षअघि दुवई हानिए । उनको सपना केवल सपना मात्रै भयो । विदेशमा न सोचेजस्तो काम, न सोचेजस्तो कमाइ । साढे दुई वर्षपछि उनी नेपाल फर्किए । न विदेशको कमाइ, न स्वदेशमा कुनै रोजगारीको उपाय । दुविधा बढ्दै गएपछि उनले झलक्क सम्झिए, छिनखोलाकै पाखो पखेरो ।

शुरुमा एक रोपनी जग्गामा अलैँची खेती विस्तार गरेका तामाङले खेतीमा राम्रो हुन थालेपछि अहिले ४० रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन् । अलैँची दाना बेचेर अघिल्लो वर्ष रु पाँच लाख बढी कमाएका उनले यस वर्ष ४०० किलो हाराहारीमा अलैँची दाना बिक्री गर्दै आम्दानी गरेका छन् । अलैँची खरिद बिक्री गर्ने बिरुवा बिक्रीबाट गत वर्ष डेढ लाख बिरुवा उत्पादन गर्दै बिक्री गरेको र यस वर्ष २०० बिरुवा उत्पादन गर्ने लक्ष्य तामाङको रहेकोछ । उनले आफ्नै बारीमा अलैँची नर्सरी स्थापना गरी अलैँचीका बिरुवा बिक्री गर्दै आएका छन् ।

अलैँचीका दाना र बिरुवा बिक्री गरेर वार्षिक रु १२÷१३ लाख सजिलै आम्दानी हुने गरेको छ । उनि भन्छन् “त्यहाँ दुःख गरेपनि वार्षिक रु तीन लाखभन्दा बढी कमाइ हुन सकेन । अहिले परिवारको साथमा घरमा बसीबसी वार्षिक रु १२÷१३ लाख र कुनै वर्ष त १५ लाखसम्म कमाइ हुने गरेको छ , यतिका आम्दानी हुन्छ भनेर कहिल्यै सोचिको नै थिइन, अलैँची खेतीले मेरो भाग्य नै परिवर्तन गरिदिएको छ ।”

अजयजस्तै मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि अलैँची खेती गरी राम्रो आम्दानी गर्दै आएका छन्। १० वर्ष मलेसियामा काम गरेर फर्किएका उनले विदेशको रोजगारीले खासै प्रगति सुनौलो भविष्य देखेर गएका उहाँको जीवन सोचेजस्तो हुन सकेन । विदेशबाट फर्किएर गाउँमा छाडेर गएको बाँझो जग्गामा अलैँची खेती विस्तार गर्न थालेका तामाङले २३ वर्षअघि शुरुमा एक रोपनी जग्गाबाट अलैँची खेती विस्तार गरेका उनले अहिले ४० रोपनी क्षेक्रफलमा अलैँची खेती गरेका छन् ।

वार्षिक रु सात लाखसम्म अलैँची दानाबाट आम्दानी गर्ने गरेको उनको भनाइ छ । अलैँची नर्सरी तथा जडीबुटी नर्सरी फार्ममा उत्पादित नर्सरी अलैँचीको बिरुवा बिक्रीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको छ ।

तामाङद्वय जस्तै अर्का अलैँची कृषक मस्र्याङ्दी –७ छिनखोलाका बलराम लामाले अलैँचीबाट वार्षिक रु ९देखि१० लाख सम्म आम्दानी गर्दै आएक छन् । रोजगारीको सिलसिलामा पाँच वर्षसम्म खाडी बसेर गाउँमा अलैँची खेती गर्न थालेका लामाले २० रोपनी जग्गामा अलैँची खेती गर्दै आएका छन् । यस वर्ष अलैँची बिक्रीबाट करीब रु पाँच लाख आम्दानी गर्न सफल भएको उनले बताए ।

अलैँची खेती यस जिल्लामा ३६ वर्षअघिबाट शुरुवात भएको अलैँची महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तामाङको भनाइ छ । पछिल्ला वर्षमा शहर पसेका पनि गाउँगाउँ आएर अलैँची खेती गर्न थालेका उनले बताए। जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । यस वर्ष कृषकले तीन हजार ५०० क्विन्टल अलैँची दाना बिक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका छन् ।

जिल्लामा एक ५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार भएको छ । अलैँचीको विभिन्न प्रकारका हुने भए पनि जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २०० मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah