स्थानीय तहको निर्वाचनले झापामा माहोल तातेको छ । कोहिले आचारसंहिताको धज्जि उडाउदै गीत घन्काउदै हिडेकाछन् त कोहिले मन्दिर र पार्टी पौवा पनि नभनि झण्डा गाडेकाछन् । सुन्दर शहर बनाउने भनेर झण्डा र तुल राखेर आफै कुरुप बनाएको पनि देखिन्छ ।
झापाको मेचीनगरमा भने मेयरका उम्मेदवारले राँगागाडा सहित चुनावी प्रचारमा हिडेकाछन् । राँगाको जिउ र टाँउको एमालेको चुनाव चिन्ह सूर्य अंकित गरिएको प्रष्ट रुपमा देखिन्छ । यो चुनावी प्रचारशैलीले मेचीनगरमा मात्र नभएर अहिले सामाजिक सञ्जालमा पनि राम्रो चर्चा पाएको छ ।



