भारतमा कोरोनाभाइरसको महामारी सुरु भएको ठीक एक वर्ष पूरा भएको छ । गत वर्ष आजकै दिन भारतको केरलमा पहिलो संक्रमित फेला परेका थिए । आजसम्म भारतमा १ करोड ७ लाख ३४ हजार २६ जना संक्रमित फेला परिसकेका छन् । लकडाउनपछि भारतमा नयाँ संक्रमित फेला पर्ने दर ७२५ प्रतिशतसम्मले बढेको थियो । गत सेप्टेम्बर १७ मा कोरोनाभाइरसको संक्रमण पिकमा पुगेको थियो । त्यतिबेला देशमा १०.१७ लाख सक्रिय संक्रमित रहेका थिए । भारत विश्वमै दोस्रो सबैभन्दा धेरै सक्रिय संक्रमित भएको देश बनेको थियो ।

त्यसपछि भने बिस्तारै त्यसमा गिरावट सुरु भयो । नयाँ संक्रमित फेला पर्ने तुलनामा तीन गुणा चाँडो संक्रमित अर्थात् २२०० प्रतिशतले निको हुन थाले । अहिले भारत सक्रिय संक्रमित रहेका देशको सूचीमा शीर्ष १५ स्थानबाट बाहिरिएको छ । भारत १.६७ लाख सक्रिय सक्रमितसहित १७ औँ स्थानमा पुगेको छ । २८ जनवरीसम्म भारत १४ औँ स्थानमा रहेको थियो ।

शीर्ष १० देशमा अमेरिका पहिलो स्थानमा रहेको छ । त्यहाँ अझै पनि ९८ लाख सक्रिय संक्रमित रहेका छन् । दोस्रोमा फ्रान्स रहेको छ जहाँ २८ लाख सक्रिय संक्रमित रहेका छन् । त्यसपछि क्रमशः बेलायत, ब्राजिल, बेल्जियम, रुस, इटाली, सर्बिया, मेक्सिको, जर्मनी, पोल्याण्ड, स्विटजरल्याण्ड, युक्रेन, पोर्चुगल र इन्डोनेसिया रहेका छन् ।

शुक्रबार भारतमा १३ हजार ५३ नयाँ संक्रमित फेला पर्दा १४ हजार ८७२ जना निको भए भने १३७ जनाले ज्यान गुमाए । भारतमा हालसम्म १.०४ करोड मानिस निको भइसकेका छन् भने १ लाख ५४ हजार १८४ जनाले ज्यान गुमाएका छन् । भारतमा यतिबेला कोरोनाभाइरसविरुद्धको खोप अभियान पनि सञ्चालन भइरहेको छ ।

स्रोतः दैनिक भास्कर

प्रतिक्रिया

सम्बन्धित खवर