विराटनगर : प्रदेश १ मा नेपाल टेलिकमको सेवा ६ घण्टासम्म अवरुद्ध भएको छ।आइतबार बिहान लगभग ३ बजेतिरबाट सेवा अवरुद्ध बनेको थियो।नेपाल टेलिकम प्रादेशिक निर्देशनालय प्रदेश १ विराटनगरका प्रबन्धक राजेन्द्र महर्जनकाअनुसार महोत्तरीको बर्दिवासमा मुसाले अप्टिकल फाइबरको तार काटिदिएपछि समस्या भएको हो।मुसाले तार काटिदिएपछि फइबरको लिंक नै टुटेर उत्पन्न भएको समस्याले सेवा अवरुद्ध हुन पुगेको उनको भनाइ छ।मर्मत सम्भार सकिएपछि बिहान ९ बजेबाट सेवा सूचारु भएको जानकारी महर्जनले दिए।सेवा अवरुद्ध हुँदा छ घण्टासम्म प्रदेश राजधानी विराटनगरसहित प्रदेशका १४ वटै जिल्लामा टेलिकमको मोबाइल, ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा सञ्चालन हुन नसकेको उनको भनाइ छ।महर्जनकाअनुसार प्रदेशमा टेलिकमका २० लाखभन्दा बढी ग्राहाक छन्।एक्कासि सेवा अवरुद्ध हुँदा एकै पटक सबै ग्राहक प्रभावित बनेका थिए।प्रदेश १मा झापा, इलाम, ताप्लेजुङ,पाँचथर, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम, उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्ला पर्छन्।
टेलिकमको सेवा ६ घण्टासम्म अवरुद्ध
सवालनेपालसंवाददाताआइतबार, १७ माघ २०७७

टेलिकमको सेवा ६ घण्टासम्म अवरुद्ध
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



