काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय पहिचान गुमाउने कुरा पार्टीका लागि मान्य नहुने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा आयोजित कार्यक्रममा ओलीले भने, “कुनै पनि नेपाली जातिको मातृभाषा नभएको हिन्दीलाई तराई, मधेसमा मान्यता दिइए त्यहीँका मातृभाषा मैथिली, भोजपुरी र अवधिकोे भविष्य समाप्त हुन सक्छ ।”

ओलीले अगाडि थपे, “प्रदेशस्तरमा धेरै बोलिने एक दुई भाषालाई काम काजको भाषा बनाउन सकिन्छ तर केही क्षेत्रमा बोलिने भाषालाई राष्ट्रिय मान्यता दिन सकिँदैन, भाषा आयोगको सिफारिसमा संविधानको अनुसूचीमा व्यवस्था गरी प्रदेशमा धेरै बोलिने भाषालाई मान्यता दिन सकिन्छ ।”

एमाले व्यवस्थापिका– संसद्मा प्रतिपक्षमा भए पनि स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सत्ता पक्ष बनेको उल्लेख गर्दै उनले स्थानीय तहको अहिलेसम्मको परिणाम अनुसार पहिलो शक्ति भएकाले सत्ता पक्षले ल्याउने राम्रा प्रस्तावलाई सकारात्मक रुपमा सहयोग गरिने बताए ।

अध्यक्ष ओलीले जनताका समस्या समाधान र गरिबी हटाउन एमालेले काम गरेकाले अन्य दल डराउने गरेको बताउँदै प्रदेश नं–२ मा एमालेको सरकार बनोस् भन्ने त्यहाँका जनताको जनमत रहेको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah