काठमाडौं।नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल माइतीघरमा जारी धर्नामा सहभागी हुने भएका छन्।केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्षद्वय प्रचण्ड र नेपाल १२ बजेपछि माइतीघरको धर्नामा सहभागी हुने जानकारी दिए।प्रतिनिधिसभा विघटनविरुद्ध यो पक्षका संघीय र प्रदेश सांसदहरु गत माघ १४ गतेदेखि माइतीघरमा लगातार धर्ना बस्दै आएका छन्।प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र प्रतिगामी भन्दै पुनस्र्थापनाका लागि संघर्षरत सो पक्षले तेस्रो चरणको आन्दोलन जारी राखेको छ।त्यसअन्तर्गत विराटनगर, बुटवल र धनगढीमा व्यापक प्रदर्शन र विरोध सभा गरिसकेको प्रचण्ड–माधव पक्षले आगामी माघ २८ गते काठमाडौँमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर