काठमाडौं । नेपाली सेनाका बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथ परिक्रमा गर्ने भएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

माघ १९ गते राति बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथको परिक्रमा लगाउने भएका हुन् । सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने भएको हो ।

त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।

नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ । सेनाले आवश्यकताअनुसार समय–समयमा यस्तो अभ्यास गर्दै आएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर