नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा विनोद ढकाललाई अघि सारेको छ । नेकपा एमालेको स्थायी कमिटी बैठकले विराटनगर महानगरपालिकाको मेयरमा उनलाई उमेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
उपमेयरमा भने अन्य राजनीतिक दलसँगको गठबन्धन कायम राख्नका लागि अहिले निर्णय भएको छैन । त्यसको जिम्मा प्रदेश नम्बर १ का संयोजक भिम आचार्यलाई दिइएको छ ।
त्यसैगरी धरान उपमहानगरपालिकाको मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारीलाई उमेदवार बनाइएको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकाको मेयरमा द्वारिकलाल चौधरी र उपमेयरमा लक्ष्मी गौतमलाई उमेदवार बनाइएको छ ।



