दाङ । तुलसीपुरका एकजना प्रतिस्थित व्यापारी सहित तीन जना व्यक्ति एकाएक वेपत्ता भएका छन् । वुटवल बस्त्रालयका प्रोप्राईटर ५८ बर्षीय राजकुमार श्रेष्ठ, घोराहीका निर्माण व्यवसायी रनबहादुर घर्ती र थप एकजना महिला शुक्रबार साँझदेखि बेपत्ता भएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

श्रेष्ठ शुक्रबार साँझ साढे ६ बजेसम्म रोटरी क्लब तुलसीपुरको बैठकमा सहभागी भएका थिए । त्यसपछि उनको मोवाईलमा फोन आएपछि श्रेष्ठ एक्लै निजीकारमा त्यहाँवाट निस्किएको र हालसम्म वेपत्ता रहेको एसपी सिंहले जानकारी दिए । श्रेष्ठले चलाएको कार छिमेकी जिल्ला सल्यानको सितल बजारमा फेला फरेको छ । सितल बजारमा फेला परेको  श्रेष्ठको बा १२ च १०७१ नम्बरको गाडी भित्र एकजना लेडिजको चप्पल र ज्याकेट पनि फेला परेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार रुकुममा स्काभेटरको पैंसा लिन भनि भारतीय नम्वर प्लेटको अर्को गाडिमा भारतीय तीन जना व्यक्तिहरु संगै रुकुम जाँदै गरेका घोराहीका अर्का एकजना ठेकेदार रनबबहादुर घर्तीपनि वेपत्ता छन् । श्रेष्ठ, एकजना अपरिचित महिला र घोराहीका घर्ती अपहरणमा परेको आशंका प्रहरीले गरेको छ । सल्यानको रिमदेखि पाँच किलो मिटर उत्तरमा पर्ने सितल बजारमा फेला परेको श्रेष्ठको गाडिको टायरको हावा भने छैन । हावा फालेको अवस्थामा श्रेष्ठको गाडि फेला परेको सल्यान पुगेका एसपी सिंहले जानकारी दिए ।

घटनास्थलमा दाङका प्रहरी प्रमुख एसपी सिंह र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालसहित व्यापारी पुगेका छन् ।

भारतीय युवाहरुको वयान भारतीय मुलका तीन जना युवाहरुलाई छोडेर व्यापारी श्रेष्ठ, घर्ती र महिलालाई सितल बजारबाट केही व्यक्तिले वेपत्ता बनाएको शनिवार रिम नजिकै आफ्नो गाडि कुरेर बसेका भारतीय युवाहरुले बताएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पहिला निर्माण व्यवसायी ठेकेदारसहित एउटै गाडिमा रुकुम जाँदै गरेका तीन जना भारतीय मुलका युवाहरुलाई दुई जना युवाहरुले रिममा गाडि रोकेका थिए । तर उनीहरुले ‘ए यो हैन रै छ’भन्दै घर्ती सवार गाडि छोडेका रहेछन् । तरपछि त्यसको पछि पछि तुलसीपुरका व्यापारी श्रेष्ठको गाडि लगतै त्यहाँ पुगेपछि घर्ती र श्रेष्ठका सम्वाद भएको र त्यसपछि घर्तीलाई पनि उनीहरुले संगै लगेको भारतीय मुलका युवाहरुले बयान दिएका छन् । तर घर्तीलाई लैंजाँदा आफुहरुलाई भने उनीहरुले त्यँही छोडेको भारतीय मुलका युवाहरुले बताएका छन् ।  महिलाको प्रयोग गरि श्रेष्ठलाई अपहरण गरिएको हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ ।

दशैंमा श्रेष्ठको ३०लाख भारु लुटिएको थियो   यसअघि गत दशैंको समयमा श्रेष्ठका एकजना कर्मचारीले बोकेको ३० लाख भारतीय रुँपैया तुलसीपुरबाटै लुटपाट भएको थियो । त्यस्तै वैशाख १९ गते एकाएक वेपत्ता भएर जेठ १६ गते घोराही–लमही सडक खण्डको चौपट्टाको जंगलमा तुलसीपुरका अर्का व्यापारी ३८ बर्षीय रत्नबहादुर वली मृत अवस्थामा फेला परेका थिए । वलीलाई शुक्रवार वेपत्ता भएका तुलसीपुरकै अर्का व्यापारी राजकुमार श्रेष्ठले एक करोड ऋण प्रदान गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ । एक महिनाको अन्तरालमै तुलसीपुरका अर्का व्यापारी सहित थप २ जना वेपत्ता भएपछि  दाङको सुरक्षाको अवस्था अतेन्तै संवेदनसिल बन्न पुगेको छ ।