नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

रिट निवेदक समीर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

विभिन्न सार्वजनिक कार्यक्रममा प्रचण्डले सर्वाेच्चभन्दा ठूलो अदालत जनता भएको अभिव्यक्ति दिँदै अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ प्रभावित गर्न खोजेको आरोप लाग्ने गरेको छ ।

प्रचण्ड विरुद्धको मुद्दाको पेशी भोलि मंगलवारका लागि तोकिएको छ ।

यसअघि सर्वाेच्चमा प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखविरुद्ध समेत अवहेलना मुद्दा परेको थियो । लोकान्तर बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर