मेष- स्वास्थ्यमा राम्रो सुधार हुनेछ । नोकरी रोजगारीमा अवसर आउनेछ । खेलकुदमा मन जानेछ । घरबाट टाढा बस्नुपर्ने एवम् आफन्तबाट छुट्टिनुपर्नेछ । यात्राको सुख मिल्ने एवम् नयाँ ठाउँमा भ्रमण हुनेछ । काममा बाधा आउने, बीचमा स्वास्थ्यले समस्या दिने एवम् आफन्तमा झमेला आइपर्नेछ । खर्च बढ्नाले आँटेको काममा ढिलासुस्ती हुनेछ ।

वृष- धार्मिक यात्रा हुनेछ । नयाँ ठाउको भ्रमणमा खर्च बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । कला, संगीत एवम् आध्यात्मिक रुचि बढ्नेछ। सन्तानले सहयोग गर्ने एवम व्यापार व्यवसायमा आम्दानी राम्रो हुनेछ । स्वास्थ्यले साथ दिने तथा शत्रु बाधा हटेर जानेछ । मुद्दा मामिला एवम् वादविवादमा आफ्नो जित हुनेछ । साताको अन्त्यमा भने यात्रा गर्नुपर्ने तथा प्रियमित्रसँग भेटघाट हुनेछ ।

मिथुन- चिसोको कारणले विसञ्चाे बढ्नेछ । प्रेममा तनाव आउनेछ । पारिवारिक समस्या बल्झिनेछ । घरका सदस्यसँग कुरा नमिल्नाले आफ्नो योजना विफल हुनेछ । जग्गा जमिन एवम् साँध सिमानामा कलह हुनेछ । विद्यामा भने प्रगति एवम् काममा उत्साह बढ्नेछ । धनको सहयोग गर्ने अघि सर्ने तथा छोराछोरीबाट खुशी बढ्नेछ । व्यापारमा आम्दानी बढ्नाले ऋणको भार कम हुनेछ ।

कर्कट- नयाँ काममा जागर बढ्नेछ । लगानीमा फाइदा आउन थाल्नेछ । सानो यात्रा गर्नुपर्नेछ । दाजुभाइबाट सहयोग मिल्ने तथा बन्धुबान्धवबाट आश्वासन मिल्नेछ । जिम्मेवारी थपिने तथा नयाँ काममा आँट मिल्नेछ । साताको मध्यमा भने महिला वर्गसँग दुश्मनी एवम् परिवारमा मित्रता टुट्नेछ । साताको अन्त्यमा भने विद्याध्यनमा प्रगति एवम् कृषि तथा होटल व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।

सिंह- बोलीबचनले साथ दिनेछ । बोलीको प्रभावमा मित्रको सहयोग मिल्नेछ । भोजनको सुख मिल्ने तथा नयाँ सरसामानको सुख मिल्नेछ । सवारी सुख बढ्ने, धनपैसाको जोहो हुने एवम् दाजुभाइबाट साथ सहयोग रहनेछ । अपरझट् नयाँ कामको लागि यात्रा गर्नुपर्नेछ । साताको अन्त्यमा भने पारिवारिक द्वन्द बढ्ने एवम् मानसिक तनाव हुने देखिन्छ ।

कन्या- मीठो खाने, घुमफिरमा रमाइलोमा खर्च हुनेछ । साथीभाइसँग नयाँ ठाउँको भ्रमण एवम् प्रेममा प्रगति हुनेछ । सम्पत्तिको कारोबार बढ्ने एवम् आर्थिक सहयोगीहरु अगाडि आउनेछन् । विद्याध्ययनमा प्रगति एवम् राजनीतिमा पहुँच बढ्नेछ । नयाँ जग्गाजमिनको खरिबबिक्री तथा कृषिबाट राम्रो आम्दानी हुनेछ । बन्धु बान्धवको सहयोगले वैदेशिक कामबाट राम्रो फाइदा मिल्नेछ ।

तुला- सवारी साधनले दु:ख दिन सक्नेछ । साथिभाइ सँगको यात्रामा खर्च हुनेछ । अनावश्यक लागत बढ्नाले खर्चको तनाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा साथीभाइसँग सामान्य मनमुटाव रहनेछ । साताको मध्यमा भने मनोरञ्जनमा दिन बित्ने एवम् साथीभाइसँग भेटघाट हुनेछ । साताको अन्त्यमा भने धनको कारोबार हुने, बोलीको कारणले काम बन्ने एवम् सभा, सेमिनारमा सहभागिता भइनेछ ।

वृश्चिक- नयाँ लगानी एवम् व्यवसायमा आम्दानी राम्रो हुनेछ । कृषि खाद्यान्नबाट आम्दामी बढ्नेछ । आर्थिक सहयोग मिल्नाले आँटको काम पुरा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचारको लागि खर्च हुनेछ । सामान्य क्षति हुनसक्ने एवम् आलोचनाको भय रहनेछ । साताको अन्त्यमा भने नयाँ मित्र भेटघाट हुने, मनोरञ्जनमा खर्च हुने तथा सानो यात्राको अवसर मिल्नेछ ।

धनु- काममा प्रशंसा मिल्नेछ । कला संगीतमा रुचि बढ्ने एवम् सामाजिक काममा व्यस्तता बढ्नेछ । राजनीतिक क्षेत्रमा बलियो पकड रहनेछ । पद, प्रतिष्ठामा वृद्धि एवम् प्रसंशनीय काममा जस मिल्नेछ । आम्दानीको रफ्तार बढ्नाले धन सम्पत्तिको चिन्ता घट्नेछ । पशु चौपाया एवम् कृषिबाट आर्थिक सहयोग मिल्नेछ । साताको अन्त्यमा भने यात्रामा खर्च हुने, सामान्य चोटपटकको भय रहन्छ । आफन्तमा मनमुटाव बढ्नाले तनाव बढी हुने देखिन्छ ।

मकर- धर्म कर्ममा रुचि बढ्नेछ । टाढाका आफन्तबाट धनको सहयोग मिल्नेछ । वैदेशिक कामबाट फाइदा मिल्नेछ । ठूलावडाको साथ मिल्नाले काममा प्रगति देखिन्छ । धार्मिक एवम् सामाजिक क्षेत्रमा योगदान हुने एवम् परोपकारमा मन जानेछ । राजनीतिक क्षेत्रबाट सहयोग मिल्ने एवम् ठूलाबडाको साथ पाउनाले फाइदा आफूलाई हुनेछ । आम्दानीको स्तर बढ्ने एवम् धनसम्पत्तिको प्राप्ती देखिन्छ ।

कुम्भ- मान सम्मानमा हानी हुनेछ । जिम्मेवारीमा आलोचना हुनेछ । स्वास्थ्यमा समस्या बल्झिनेछ । पूरानो कामको समस्या आइपर्ने तथा मित्रहरुबाट धोका हुन सक्नेछ । धर्ममा रुचि बढ्ने एवम् विदेशबाट फाइदा मिल्नेछ । सन्तानको प्रगति एवम् भाग्यले साथ दिनेछ । सरकारी क्षेत्रमा फाइदा, पदप्रतिष्ठामा वृद्धि एवम् रोजगारीको राम्रो अवसर मिल्नेछ । राजनीतिमा व्यस्तता बढ्ने एवम् जिम्मेवारी थपिनेछ।

मीन- आफन्तसँग भेटघाट बढ्नेछ । नयाँ मित्रतामा खुसियाली मिल्नेछ । व्यावसायिक यात्रा हुनेछ । पारिवारिक भेटघाट एवम् नयाँ मित्रसँग नयाँ कामको थालनी हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा आउने, काममा रोकावट हुने तथा अपमानको भय रहन्छ । साताको अन्त्यमा भने लामो यात्रा हुने, सन्तानको सुख बढ्ने एवम् इष्टमित्रबाट राम्रो सहयोग एवम् अधुरा कार्य बन्ने देखिन्छ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah