
झापाको गौरादहमा आजबाट मेयर कप पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । चार दिन सम्म चल्ने प्रतियोगितामा आज चार खेल भएका छन् । आज सम्पन्न खेलमा गौरादह नगरपालिका, कमल गाउँपालिका, विर्तामोड नगरपालिका र दमक नगरपालिकाले जित हात पार्दै अघिल्लो चरणमा प्रबेश गरेका छन् ।
गौरादहले उद्घाटन खेलमा अर्जुनधारा नगरपालिका माथी सोझो सेटमा जित हात पार्यो । बेष्टअफ थ्रीमा खेलाइएको खेलमा आयोजक गौरादहले अर्जुनधारालाई २५–१५ र २५–११ ले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । त्यस्तै कमल गाउँपालिकाले मेचीनगर नगरपालिका माथी २५–१३ र २५–२३ ले जित हात पार्दा विर्तामोड नगरपालिकाले गौरीगञ्ज गाउँपालिकालाई २५–१९ र २५–१४ ले पाखा लगायो ।
त्यस्तै आजै भएको अर्को खेलमा उपाधि दाबेदार दमक नगरपालिकाले बाह्रदशी गाउँपालिका माथी २५–१५ र २५–१४ को सहज जीत निकाल्दै दोश्रो चरणमा आफ्नो स्थान पक्का गरेको छ । प्रतियोगितामा भोली पनि चार खेल हुनेछन् । भोलीको पहिलो खेलमा शिवसताक्षी नगरपालिकाले कन्काई नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ भने दोश्रो खेलमा उपाधिदाबेर झापा गाउँपालिका र भद्रपूर नगरपालिका आमने–सामने हुनेछन् ।
त्यस्तै तेश्रो खेलमा विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ भने चौथो खेलमा आयोजक गौरादह नगरपालिका र कमल गाउँपालिका आमने–सामने हुनेछन् । प्रतियोगिताको विजेताले नगद एक लाखसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद ५१ हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको आयोजना गौरादह नगरपालिका र गौरादह खेलकुद विकास समितिले संयुक्त रुपमा गरेका हुन् । प्रतियोगितामा झापाका १३ पालिकाको सहभागिता रहेको छ ।
[email protected] मा पठाउनु होला।
फेसबुकमा तपाईको प्रतिक्रिया