के लाग्छ तपाईंलाई यस ज्ञात ब्रह्माण्डको सबैभन्दा खतरनाक स्थान कुन हो ? खगोल विज्ञानबारे सामान्य चासो राख्ने पाठकहरुलाई यस बारे जिज्ञासा हुनु पनि सामान्य कुरा नै हो।

यस्तै गफ चलिरहेको थियो । एकजनाले प्वाक्क मुख फोर्‍यो–अन्तरिक्ष । हो पनि, अन्तरिक्षमा बिना कुनै सुरक्षा कवच गयो भने २-३ मिनेटमै रामनाम सत्य हुन्छ। तर अर्कोले प्रतिवाद गर्दै भन्यो–सुरक्षा कवच लिएर गइयो भने अन्तरिक्ष त के चन्द्रमामै बाँच्न सकिन्छ। १२ जना त त्यहाँ घण्टौ बिताएर पृथ्वीमा फर्केका छन। सन् २००० यता सधैँ नै केही मानिस अन्तरिक्षमा बस्दै आएका छन्। यसलाई सबैभन्दा खतरनाक ठाउ कहाँ भन्न मिल्छ?

तर्कमा दम छ है !

अर्को जान्ने भइटोपल्यो–खतरनाक ठाउँ त बुध ग्रह शुक्र ग्रह हो । त्यहाँको परम तापमय वातावरण नै सबैभन्दा खतरनाक । त्यसमा पनि अर्कोले प्रतिवाद गर्दै तर्क दिइहाल्यो– पृथ्वीमै करोडौं डिग्री सेन्टीग्रेडको तापमान बनिसकेको छ, ढीलो चाँडो उच्च तापमानमा सुरक्षित हुने ‘स्पेस सूट’ पनि बन्लान, कुन ठूलो कुरा हो ?

कुरा त यो पनि ठीक हो। खतरनाक स्थान भए पनि यी ब्रह्माण्डका सबैभन्दा खतरनाक स्थान हुन सक्दैनन् । उत्साहितमध्ये कसैले भन्यो – के कुरा गरिराखेको होला, सबैभन्दा खतरनाक स्थान ‘ब्लाक होल’ हो। जहाँको असीम -अनन्त गुरुत्वाकर्षणले प्रकाश त उम्किन पाउँदैन, अरुको के कुरा ? यो विचार व्यक्त हुन न पाउँदै माहौलमा मौनता छायो । सबैले मनमनै गमे, हो त नि ‘ब्लाक होल’ नै सबैभन्दा खतरनाक स्थान हो। कुनै द्रव्यमान नै नभएको, सेकेण्डमा ३ लाख किमीले गति गर्ने प्रकाश पनि जहाँ ठहरै हुन्छ, एक चिहान हुन्छ त्यही नै ब्रह्माण्डको सबैभन्दा खतरनाक स्थान हो।

तपाईंलाई के लाग्छ चर्चा त्यही समाप्त भयो होला ? किनभने कुनै पनि आलोचक, छिद्रान्वेषी प्रतिवादीले आपत्ति नजनाउँदा कुरा त खलास नै हुन्छ। तर यो संवाद सुनिरहेका छेउमा बसेको एउटा काग र मूसा भने जोडले हाँसे, ‘होइन यो ”होमो सेपियन्स”लाई सबैभन्दा बुद्धिमान कसले भनी दिएका हुन ? हामीले त मानेका छैनौ !’ कस्तो मुर्ख कुरा गर्‍या होला – ‘ब्रह्माण्डको सबैभन्दा खतरनाक स्थान त हामी बसेको पृथ्वी हो।’

काग र मूसाको कुरा बुझ्ने एउटा मानिसले सोध्यो, होइन तिमीहरुले के भनेको, पृथ्वी कसरी खतरनाक ?

मूसाले ‘भैगो छाड्नुस यो कुरा ! यसबारे तपाईं बुझ्न सक्नु हुन्न’ भनेर कागलाई त्यहाँबाट जाऔं भन्ने इशारा गर्यो । अब बिचरा मानिसको के औकात, मूसा र कागलाई कहाँ पछ्याउन सक्थ्यो ! दुबै क्षणमै त्यस स्थानबाट अलप भए,काग उड़्यो मूसा दूलोभित्र पस्यो।

ती मानिस खुल्दुलीले ग्रस्त भई आफ्ना एकजना निठल्ला चिन्तक मित्रलाई भेट्न गए, सोधे- तिम्रो विचारमा ब्रह्माण्डको सबैभन्दा खतरनाक स्थान कुन हो ?

‘पृथ्वी’ चिन्तकले छोटो जबाब दिए।

होइन तपाईं पनि काग र मूसा कै बोली बोल्नु हुँदो रहेछ। तिनीहरुले त मलाई हैरान बनाएका थिए, अब तपाईंले झनै हैरान बनाउदै हुनुहुन्छ। तारा, महातारा, न्युट्रोन तारा, सुपर नोभा विस्फोट, अक्सिजन र वातावरण नभएका स्थान, ब्लाक होल आदि खतरनाक नभई पृथ्वी पनि कही सबैभन्दा खतरनाक स्थान हुन्छ ! फजूल कुरा गर्नु हुन्छ ?

निठल्ला चिन्तक पनि काग र मूसा झै बेजोड़ले हाँसे ।

उनको हाँसोले ती मानिसलाई झनै अशान्त बनायो, ‘तपाईंलाई त्यसै निठल्ला चिन्तकको उपाधि दिइएको होइन रहेछ। तपाई डुकुलन्ठक नै हुनु हुँदो रहेछ। पृथ्वी पनि काहीँ सबैभन्दा खतरनाक स्थान हुन्छ, वाहियात !’

भर्खर डुकुलन्ठक कहलाइएका भद्रले विचारशील पुरुषसंग सोधे – तपाईंले आजसम्म पृथ्वी बाहेक अन्यत्र काहीँ कोही मरेको सुन्नु भएको छ ?

‘अर्को वाहियात कुरा पृथ्वी बाहेक अन्यत्र काही जीवन भए कै थाहा छैन भने मरेको कसरी सुन्ने ?’

‘अनि अन्य काहीँबाट कोही मरेको खबर तपाईंका अपवित्र कानमा पवित्र खबर झैँ आइपुगेको छैन भने अन्य कुनै ठाउँ कसरी खतरनाक हुन सक्छ ? जीवन भएको ठाउँमा खतरनाक र सुरक्षित भन्ने बारे सीमारेखा कोरिन सक्छ, तर जहाँ जीवन नै छैन त्यहाँ यी सबको के प्रयोजन !

डुकुलन्ठक तिमी कि म ?’

पृथ्वीमा दिनहु कति मृत्यु घटित हुन्छन् थाहा छ तिमीलाई ?? अन्य काहीँ एउटा पनि मृत्यु घटित भएको भन्ने बारे सुनेका छौ ???

खतरनाक भन्ने मानिसले बनाएको भाषाको शब्द हो। प्रकृतिको भाषामा यस्तो केही शब्दावली नै हुन्न। खतरनाक स्थान हुनलाई त्यहाँको खतरामा परी रामनाम सत्य हुने कोही प्राणी-पादप वर्गको उपस्थिति पनि त हुनु परयो। पृथ्वीमा मात्रै यसको संभावना घटित हुने संयोग उपस्थित छन्, त्यसैले पृथ्वी नै ब्रह्माण्डको सबैभन्दा खतरनाक ठाउँ हो।

अब के यो सब पढेर तपाईहरुले एक आपसमा पृथ्वीमा सबैभन्दा खतरनाक स्थान कुन हो भन्ने बारे परिचर्चा चलाउने हो कि ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah